अर्थ

सामलिङ पावरको आईपीओ साउन २२ गतेदेखि

काठमाडौं-सामलिङ पावर कम्पनी लिमिटेडले साउन २२ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा स्थानियलाई रू ५ करोड बराबरको ५ लाख कित्ता शेयर विक्री गर्न लागेको हो । सर्वसाधारणका लागि रू १२ करोड ३० लाख बराबरको १२ लाख ३० हजार कित्ता आईपीओ विक्री गर्न असार ३१ गते बोर्डको अनुमति पाएको कम्पनीले पहिलो चरणमा स्थानीयमा शेयर जारी गर्न लागेको हो ।

आयोजना प्रभावितहरुका लागि छुट्याएको कुल कित्तामध्ये पनि कम्पनीले ईलाम जिल्लाभरीका बासिन्दाहरुका लागि ६० प्रतिशत अर्थात् ३ लाख कित्ता र अति प्रभावित क्षेत्र इलामा नगरपालिका वडा नम्बर ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नम्बर ४ र ५ का वासिन्दाहरुका लागि ४० प्रतिशत अर्थात २ लाख कित्ता शेयर विक्री गर्नेछ ।

यो शेयर छिटोमा भदौ ४ गतेभित्र विक्रीमा रहनेछ भने उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भदौ २० गतेसम्मको मिति कम्पनीले तय गरेको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button