No Image Headlineखबर फटाफटदेशविशेष

मन्त्रीका अकांक्षी बढी भएपछि उपेन्द्र यादव तनावमा !

काठमाडौं-जनता समाजवादी पार्टीमा मन्त्री पद्का आकांक्षी बढी देखिएका छन् । गठबन्धनमा भागमा आउने मन्त्रीको संख्याभन्दा दाबेदार धेरै भएपछि अध्यक्ष उपेन्द्र यादव मन्त्री छान्न तनावमा परेको यादवनिकट नेताहरुले बताए ।

मन्त्री छान्ने विषयमा बुधबार यादवले ललितपुरमा पार्टीको कार्यकारिणी समितिको बैठक बोलाएका थिए। बैठकले मन्त्रीको टुंगो लगाउन पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष यादव तथा वरिष्ठ नेता अशोक राईलाई जिम्मेवारी दिएको कार्यकारिणी सदस्य मृगेन्द्रसिंह यादवले बताए।

समावेशी आधारमा मन्त्रीको सूची बनाए पनि आधारभूमि मधेसलाई बिर्सन हुन्न भन्ने सुझाव आएको कार्यकारिणी सदस्य रमेश यादवले बताए।

स्रोतका अनुसार मन्त्री छान्न यादवलाई आफूनिकटबाट ठूलो दबाब आएको छ। मन्त्री हुनकै लागि ठाकुर पक्षका केही सांसदहरू कित्ता परिवर्तन गरी यादव पक्षमा पुगेका छन्।

सुरुदेखि नै यादवलाई साथ दिएका नेताहरूलाई पनि मन्त्री बनाउन बाध्यता यादवलाई छ। मन्त्रीको लागि महेन्द्र यादव, राजेन्द्र श्रेष्ठ, रामसहाय यादव, रेणु यादव, इस्तियाक राई, प्रदीप यादव, मृगेन्द्रसिंह यादवले चाहना राखेका छन्।

निर्वाचन आयोगमा हेडकाउन्ट हुँदा अन्तिम समयमा राजकिशोर यादवले उपेन्द्र यादवलाई साथ दिएका थिए। उनलाई पनि मन्त्री बनाउन उपेन्द्र यादवलाई दबाब परेको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button