अन्तराष्ट्रिय

भारतका असम-मिजोरम राज्यको सीमामा झडप, ६ प्रहरीको मृत्यु

Thrill Factory
Rungta Group

भारतका असम र मिजोरम राज्यको सीमामा दङ्गा भड्किदा ६ प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा असम राज्यकातर्फका​ प्रहरी रहेका छन् । असमका मुख्यमन्त्री हिमत विश्व शर्माले आफ्नो राज्यका ६ जना प्रहरी जवानले सीमानामा भएको झडपमा ज्यान गुमाएको बताएका छन् ।

मुख्यमन्त्री शर्माले सामाजिक सञ्जाल ट्वीटरमार्फत भनेका छन्- ‘मलाई ठुलो चोट लागेको छ । असम पुलिसका ६ जना बहादुर जवानहरुले हाम्रो राज्यको संवैधानिक सीमाको रक्षा गर्दागर्दै आफ्नो जीवन दिएका छन् । मारिएका प्रहरी जवानका परिवारप्रति संवेदना छ ।’ सोमबार असाम र मिजोरमको सीमा क्षेत्रमा सुरक्षा फौज र नागरिकबीच झडप भएको थियो । उक्त झडपमा फायरिङ समेत भएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

यो विषयमा असमका मुख्यमन्त्री शर्मा र मिजोरमका मुख्यमन्त्री जोरामथंगाले पनि सामाजिक सञ्जालमा एक अर्कालाई चर्को आरोप लगाउँदै आएका थिए । यद्यपि पछि उनीहरुबीच वार्ता भएको कुरा बाहिर आएको थियो ।  ६ प्रहरी जवानको मृत्यु भएलगत्तै केन्द्र सरकारका गृहमन्त्री अमित शाहले दुबै राज्यका मुख्यमन्त्रीलाई त्यहाँ शान्ति स्थापना भएको कुरा सुनिश्चित गर्न आग्रह गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button