No Image Headlineदेशमुख्य खबर

बढ्दै कोरोना संक्रमण : आउँछ असोज दोस्रो सातादेखि तेस्रो लहर ?

काठमाडौं -कोरोना दैनिक संक्रमित संख्या नघटे असोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपण सरकारले गरेको छ । तेस्रो लहरको जोखिममा बालबालिका र खोप नलगाएका व्यक्ति पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आँकलन छ ।

स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले पछिल्ला साताको स्थिर संक्रमणको आधारमा आगागी पाँच महिनामा १ लाख ९३ हजार ८ सय ५६ नयाँ संक्रमित थपिने सम्भावना रहेको जनाएका छन् ।

‘सम्भावित तेस्रो लहरमा बालबालिकालगायत खोप लगाउन नपाएका व्यक्ति बढी जोखिममा पर्ने सम्भावना देखिन्छ,’ उनको भनाइ छ । स्वास्थ्य मन्त्रालयका अनुसार कम्तीमा ६० प्रतिशत जनसंख्यालाई खोप लगाएमा कोरोना नियन्त्रण गर्न सकिनेछ । हाल झन्डै ७ प्रतिशत नागरिकले मात्रै खोप लगाएका छन् ।

संक्रमण दर बढ्दै गए ३८ हजार सात सय ७१ जना संक्रमितलाई अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने र सोमध्ये ९ हजार ७ सय ९३ जनालाई सघन उपचार गर्नुपर्ने स्वास्थ्य मन्त्रालयले तयार पारेको द्रुत कार्ययोजनामा उल्लेख छ । कोरोना संक्रमणको तेस्रो लहरलाई मध्यनजर गर्दै स्वास्थ्य पूर्वाधार तयारी थालिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बालबालिकाका लागि १ सय ८० भेन्टिलेटरसहितको २ सय ७५ आईसीयू बेड थप्ने कार्य अघि बढाइएको छ । यस्तै, सरकारी अस्पतालमा हाइ डिपेन्डेन्सि युनिट बेड संख्या २ हजार ७५ र निजीमा ७ सय ७८ थप गरी सञ्चालनमा ल्याइएको छ ।

स्वास्थ्य मन्त्रालयले थप १ हजार ४ सय शøया हाइ डिपेन्डेन्सी युनिट थप्ने क्रममा रहेको जनाएको छ । भेन्टिलेटरको संख्या ९ सय पु¥याइएकोमा १ सय ८० थप गर्ने प्रक्रियामा रहेको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button