No Image Headlineदेशस्वास्थ्य/जिवनशैली

स्वास्थ्य सतर्कतामा लापरवाही : बढ्न थाल्यो संक्रमण

Thrill Factory
Rungta Group

काठमाडौं – निषेधाज्ञा खुकुलो बनाएसँगै फेरि कोरोना भाइरसको संक्रमण र मृत्यु हुनेको संख्या बढ्न थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो सातामा नेपालमा कोरोना संक्रमण १४ प्रतिशत र मृत्यु ४९ प्रतिशतले वृद्धि भएको छ । पछिल्लो साता १२ हजार ८३ जनामा कोरोना पुष्टि भएको थियो ।

निषेधाज्ञा खुलेपछि भिडभाड बढेको र यस्तोमा सर्वसाधारणले सतर्कता नअपनाएकाले संक्रमण बढेको डा. महेश्वर कुर्मीको छ । कोरोना फैलिन नदिन यस्तो बेलामा झन बढी सतर्कता अपनाउन उनले आग्रह गरे ।

अघिल्लो साता १० हजार ६२६ संक्रमित भएका थिए । साथै १३९ जनाको कोरोनाका कारण मृत्यु भएको थियो । यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि सतर्कताको पालना नभएको भन्दै तेस्रो लहरको चेतावनी दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button