अर्थ

१ हजार व्यापारिक फर्म कारवाहीमा

Thrill Factory
Rungta Group

काठमाडौं-वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत आवमा एक हजारभन्दा बढी फर्म तथा कम्पनीलाई कारवाही गरेको छ ।

विभागले गत आर्थिक वर्ष २०७७/७८ मा गरेको बजार अनुगमनका क्रममा अनुचित व्यापारिक क्रियाकलापमा संग्लन भएका एक हजार ३५ व्यापारिक फर्म/कम्पनी तथा उद्योग कारवाहीमा परेका हुन् ।

एक वर्षको अवधिमा विभागले दुई हजार ९४७ फर्मको अनुगमन गरेको थियो । तीमध्ये ६६ फर्म सामान्य अवस्थामा रहेका, एक हजार ५९७ फर्मलाई सामान्य सुधार, ३९७ फर्मलाई आवश्यक कागजात तथा स्पष्टीकरण सोधिएको थियो ।

विभागको तथ्यांकअनुुसार ३७ फर्मबाट परीक्षणका लागि वस्तुको नमूना संकलन, ३८ फर्मको कारोवार रोक्का, १९ जनालाई अभियोग लगाइएको र तीनओटा साधन नियन्त्रणमा लिइएको थियो ।

कारवाहीमा परेका उद्योगलाई लगाइएको जरिवानावापत रू. दुई करोड ३९ लाख ८२ हजार बराबर राजस्व संकलन भएको विभागका प्रवक्ता शिवराज सेढाईँले जानकारी दिए । उनका अनुसार एक वर्षको अवधिमा रू. तीन करोड ७३ लाख ८४ हजार ४०१ बराबरको अखाद्य वस्तु नष्ट गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button