No Image Headlineदेशस्वास्थ्य/जिवनशैली

साउन १५ सम्ममा ३२ लाख डोज खोप आइपुग्ने

Thrill Factory
Rungta Group

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप ६४ लाख डोज खोप आउने पक्का भएको जानकारी दिएको छ । चीनसँग खरीद गरिएको ४० लाख डोज खोपमध्ये ३२ लाख डोज साउन १५ गतेसम्ममा आइपुग्ने र थप ३२ लाख खोप आउने निश्चित भएको भएको मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको हो ।

सरकारले चीनको खोप निर्माता कम्पनी सिनोफार्मसँग ४० लाख डोज ‘भेरोसेल’ खोप खरीद गर्ने सम्झौता गरेको थियो, जसमध्ये ८ लाख डोज गत असार २४ गते आइपुगेको थियो । दोस्रो चरणको खोप साउन ६ गते आइपुग्ने भन्दै मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले असार १५ गतेसम्ममा सबै खोप आइपुग्ने जानकारी दिए ।

शुक्रवार मात्रै चीनले थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने वाचा गरेको छ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्दै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले नेपाललाई खोप अभियानका लागि सहयोग गर्ने बताएकी थिइन् ।

यसबाहेक जापानबाट पनि १६ लाख डोज खोप आउने पक्का भएको मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बताए । ‘खरीद गरिएको ३२ लाखसहित ६४ लाख खोप आउने पक्का भएको छ,’ उनले भने ।

हालसम्म प्रत्यक्ष अनुदानमा प्राप्त २९ लाख, कोभ्याक्स अन्तर्गत १८ लाख ८२ हजार र खरीद गरिएको १८ लाख गरी ६५ लाख ८२ हजार डोज खोप आइसकेको छ । नेपालमा भारतले अनुदानमा उपलब्ध गराएको ‘कोभिशिल्ड’ खोपबाट खोप अभियान शुरू गरिएकोमा हालसम्म २७ लाख ६५ हजार ७०९ ले लगाएका छन् । भारतले अनुदानमा उपलब्ध गराएको, भारतीय सेनाले नेपाललाई सहयोग गरेको, कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध र नेपालले खरिद गरेकोमध्येबाट हालसम्म २२ लाख ८८ हजारले कोभिशिल्ड र १३ लाख ९७ हजारले चीनबाट ल्याइएको खोप भेरोसेल लगाएका छन् । अमेरिकी सहयोगमा प्राप्त १६ लाख खोप पनि साउन ४ गतेदेखि लगाउन शुरू गरिने मन्त्रालयले बताएको छ ।

भेरोसेलको दोस्रो मात्रा सहज उपलब्ध हुने देखिए पनि यसअघि पहिलो मात्रा लगाएका १८ लाख २८ हजार जनाले कोभिशिल्डको दोस्रो मात्रा लगाउन पाएका छैनन् । १८ वर्ष माथिका सबैलाई खोप लगाउनेगरी खोप आउन लागेको भन्दै मन्त्रालयका सहप्रवक्ता अधिकारीले कोभिशिल्डको दोस्रो मात्रा लगाउन पुग्नेगरी उक्त खोप समेत आउन लागेको बताए ।आर्थिक अभियानबाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button