खबर फटाफटस्वास्थ्य/जिवनशैली

थप २,६७६ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्‍यु

Thrill Factory
Rungta Group

काठमाडौं -पछिल्लो २४ घण्टामा थप २,६७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८२५६ पीसीआर परीक्षणमा १७८२ र ४५१२ एन्टिजेन परीक्षणमा ८९४ जना गरी २६७६ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ भने १७५७ जना संक्रमणमुक्त भएका छन् ।

सक्रिय संक्रमित २६ हजार ६३९ जनामध्ये होम आइसोलेसनमा २४ हजार २५ जना छन् भने अस्पतालमा दुई हजार ६ सय १४ जना रहेका छन् ।

कुन जिल्लामा कति संक्रमित ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्द धेरै काठमाडौंमा ३३९, चितवन र कास्कीमा १५५/१५५ जना, ललितपुरमा १३४, मोरङमा १०५ जना, सुनसरीमा ८७ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै भक्तपुरमा ८०, नवलपरासी पूर्वमा ५८, झापामा ५७, सिन्धुपाल्चोकमा ४८, काभ्रेपलाञ्चोक र गोरखामा ४१/४१ जना, स्‍याङजामा ३८, नुवाकोटमा ३७, दोलखामा ३६ जना, मकवानपुर र रुपन्देहीमा ३५/३५ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै बागलुङ र बर्दियामा २२/२२ जना, कैलालीमा १९, बाँकेमा १७, धादिङमा १५, धनकुटा र दाङमा १४/१४ जना, खोटाङ र तनहुँमा ११/११ जना र दैलेख र सुर्खेतमा १०/१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१० वर्ष मुनिका ५६ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १५२ जनामा कोरोना संक्रम पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button