खबर फटाफटदेशमुख्य खबरस्वास्थ्य/जिवनशैली

देशभर २६ हजार १७३ जना कोरोनाका सक्रिय संक्रमित, परीक्षण गर्नेमध्ये २२ प्रतिशतमा कोरोना पोजेटिभ

Thrill Factory
Rungta Group

काठमाडौं । हाल देशभर २६ हजार १७३ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। तीमध्ये १७५ जना भने भेन्टिलेटरमा रहेका छन्।

मन्त्रालयले पीसीआर परीक्षण गर्नेमध्ये अझै पनि २२ प्रतिशतमा कोरोना पोजेटिभ देखिने गरेको बताएको छ ।  मन्त्रालयले कोरोनाको जोखिम रहेको बताउँदै स्वास्थ्यसम्वन्धी सम्पूर्ण मापदण्ड पालना गर्न सबैलाई आग्रह गरेको छ।

नेपालमा सङ्क्रमितको कुल संख्या ६ लाख ९९ हजार नाघेको छ ।अहिले देशभरिका नौ ओटा जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने २५ ओटा जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्।

विगत २४ घण्टामा थप १ हजार ८३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार दिएको जानकारी अनुसार ५ हजार ५३५ ओटा पीसीआर परीक्षण गरिएकोमा १ हजार २३७ जना र ३ हजार ६८३ ओटा एन्टिजेन परीक्षणमा ५९४ गरी  कुल १ हजार ८३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार  सो अवधिमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार ५३३ रहेको छ ।  यसैगरी सो अवधिमा मृत्यु हुनेको संख्या २० रहेको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ३८२ पुगेको छ ।

सो अवधिमा  काठमाडौं उपत्यकामा ३९१ जनालाई कोरोना संक्रमण भएको छ । जसमध्ये काठमाडौ जिल्लामा २६३ जना, भक्तपुर जिल्लामा ३१ जना र ललितपुर जिल्लामा ९७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

हाल देशभर २६ हजार १७३ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले बताएको छ। तीमध्ये १७५ जना भने भेन्टिलेटरमा रहेका छन्।

मन्त्रालयले पीसीआर परीक्षण गर्नेमध्ये अझै पनि २२ प्रतिशतमा कोरोना पोजेटिभ देखिने गरेको बताएको छ ।  मन्त्रालयले कोरोनाको जोखिम रहेको बताउँदै स्वास्थ्यसम्वन्धी सम्पूर्ण मापदण्ड पालना गर्न सबैलाई आग्रह गरेको छ।

नेपालमा सङ्क्रमितको कुल संख्या ६ लाख ९९ हजार नाघेको छ ।अहिले देशभरिका नौ ओटा जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने २५ ओटा जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button