No Image Headlineअर्थखबर फटाफट

आजदेखि सातामा ५३ ओटा अन्तरराष्ट्रिय उडान

Thrill Factory
Rungta Group

काठमाडौं । सरकारले मुलुकको अन्तरराष्ट्रिय नियमित उडान सञ्चालन गर्ने निर्णय गरेको छ ।

हालै भएको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तरराष्ट्रिय उडान संख्या थप गरी नयाँ तालिका नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० लाई पठाएको छ ।

क्यानका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार अब सातामा कुल ५३ ओटा उडान सञ्चालन गर्नेगरी विभिन्न मुलुकका गन्तव्यमा उडान तालिका तय गरिएको छ । सरकारले अन्तरराष्ट्रिय उडानतर्फ उडान संख्या थप गर्दै यसअघि उडान खुला गरेका गन्तब्यमा भारतबाहेकका मुलुकमा हुने उडान संख्या थप गर्ने निर्णय गरेको जानकारी दिइएको छ ।

नयाँ तालिकाअनुसार भारतको राजधानी नयाँ दिल्लीमा सातामा दुई उडान सम्बन्धित मुलुकका राष्ट्रिय ध्वजाबाहकले गर्नेछन् । नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० ले बुधवार र एयर इण्डियाले सोमवार गर्नेछन् ।

यस्तै नेपाल एयरलाइन्सले यूएईको दुबईमा मंगलवार र बिहीवार तथा नेपालबाट अन्तरराष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हिमालय एयरलाइन्सले आइतवार, मंगलवार र बिहीवार उडान गर्नेछन् । फ्लाइ दुबइले आइतवार, बुधवार र शुक्रवार एक÷एक ओटा उडान गर्नेछ ।

क्यानको उडान तालिका अनुसार कतारको दोहामा नेपाल एयरलाइन्स र कतार एयरवेजले हरेक दिन उडान गर्नेछन् भने हिमालय एयरलाइन्सलाई साताको सोमवार, बुधवार र शनिवार उडान अनुमति दिइएको छ । उक्त एयरलाइन्सले साउदी अरेबियाको दमाममा साताको चार दिन आइतवार, सोमवार, बुधवार र शुक्रवार उडान गर्नेछ ।

नेपाल एयरलाइन्सले मलेसियाको क्वालालाम्पुरमा बुधवार र शनिवार सातामा दुई उडान पाएको छ । त्यस्तै हिमालय एयरलाइन्सले बिहीवार, शुक्रवार र शनिवार क्वालालाम्पुर उडानको अनुमति पाएको छ । टर्किस एयरलाइन्सले टर्कीको इस्तानवुलमा सोमवार, बिहीवार र शनिवार उडान गर्नेछ ।

जजिरा एयरवेजले कुवेतमा साताको पाँच दिन सोमवार, मंगलवार, बुधवार, बिहीवार र शनिवार उडान गर्नेछ । सलाम एयरले ओमानको मस्कटमा सातामा तीन दिन सोमवार, बुधवार र शनिवार उडान गर्ने तालिका छ । एयर अरेबियाले आबुधाबीमा आइतवार र मंगलवारको उडान तालिका पाएको छ । सिंगापुर एयरले हरेक आइतवार काठमाडौं उडान गर्नेछ ।

कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले गत वैशाख २० गतेदेखि आन्तरिक तथा वैशाख २३ देखि अन्तरराष्ट्रिय उडान स्थगन गरेको थियो ।

आन्तरिक उडान पूर्ण रुपमा सञ्चालन गर्ने निर्णय भएको छ । अन्तरराष्ट्रियतर्फ सम्बन्धित मुलुकले उडान सहजीकरण गरेको खण्डमा आवश्यकताको आधारमा उडान तालिका थपघट गर्न सकिने प्राधिकरणले जानकारी दिएको छ । यसका लागि पर्यटन मन्त्रालयले सहजीकरण गर्नेछ । कोभिडका संक्रमित बढेसँगै सरकारले गत वैशाख १६ देखि काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button