No Image Headlineदेशविशेष

एमालेमा एकताको अन्तिम कसरत : होला त सफल ?

Thrill Factory
Rungta Group

काठमाडौं-एमालेका अध्यक्ष केपी ओली र माधव झलनाथ खनाल समूहका नेताहरुबीत एकताको अन्तिम प्रयास भइरहेको छ । दुवै पक्षका मध्यमार्गी नेताहरू यसको कसरतमा लागेका छन् । उनीहरुको मेहनत खेर गएन भने एमाले एकताको सन्निकट पुगेको छ।

अबको मतभेद केही प्राविधिक विषयमा अल्झिएको बताइएको छ। नेपाल र उनी पक्षधर नेताहरूले पार्टीलाई जेठ २ को स्थितिमा फर्काउन माग राख्दै आएका थिए। अडान त्यागेर अध्यक्ष केपी शर्मा ओली त्यसमा सहमत मात्र भएनन्, महाधिवेशन आयोजक कमिटी भंग गरेका छन्।

महाधिवेशन आयोजक कमिटीकै बुधबारको बैठकले उक्त कमिटी खारेज गरेको हो। त्यही क्रममा शुक्रबारका लागि बोलाइएको केन्द्रीय कमिटीको बैठकमा नेपाल पक्षीय नेताहरू नजाने भएका छन्।

दुवै पक्षका दोस्रो पुस्ताका केही नेता एकता पहलमा लगातार बस्दै आएका छन्। त्यही क्रममा ओली पक्षीय नेताहरूलाई नेपाल पक्षीय नेताहरूले शुक्रबारको बैठक रोक्न प्रस्ताव पठाएका छन्। ओलीले त्यसमा के गर्ने भन्ने निर्णय आइसकेको छैन ।

एमालेका उपाध्यक्षसमेत रहेको माधव पक्षका नेता भीमबहादुर रावलले शुक्रबारको बैठकमा सहभागी नहुने जानकारी दिए। उनले आफ्नो पक्षमा बैठक नजाने सर्वसम्मत निर्णय भएको बताए। उपाध्यक्ष रावलले पार्टी एकतामा देखिएको समस्याको समाधान वार्ता र सहमतिबाट खोजिनुपर्नेमा समेत जोड दिएका छन्।

‘विधि र विधानअनुसार पार्टी सञ्चालन गरौं भन्ने हाम्रो मान्यता रहेको नेपाल पक्षीय नेता गोकर्ण विष्टलेको भनाइ छ ।
वार्तामा सहभागी नेताहरूका अनुसार एकता प्रक्रिया सकारात्मक ढंगले ‘सार्थक निष्कर्षउन्मुख देखिएको छ।

नेता भीम आचार्यका अनुसार महाधिवेशन आयोजक समितिले बोलाएको बैठकमा नजाने नेपाल पक्षले निर्णय गरेका छन् ।
‘ओली पक्षबाट उपमहासचिव विष्णुप्रसाद पौडेल, स्थायी समिति सदस्य सुवास नेम्वाङ तथा शंकर पोखरेल, विष्णु रिमाल, माधव पक्षका उपमहासचिव घनश्याम भुसाल, सचिवहरू भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे सहभागी छन्। पछिल्लो समयमा नेता पृथ्वीसुब्बा गुरुङ पनि एकताका लागि जोडतोडले लागेको देखिएको छ ।

दसौं महाधिवेशन आयोजक समिति भंग भएपछि वरिष्ठ नेता माधवकुमार नेपाललगायत ११ माथि भएको कारबाही निस्प्रभावी भएको छ। रामबहादुर थापासहित माओवादी केन्द्र नगई एमालेमै बसेका नेतालाई केन्द्रीय कमिटी र स्थायी समितिमा थप गरेकोमा माधव पक्षले असहमति प्रकट गरेको छ ।

अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक बोलाउनु अगाडि स्थायी कमिटी बैठक बस्नुपर्ने र त्यसको आधारमा मात्र केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने अडान नेपाल समूहले अगाडि सारेको छ। नेपाल समूहले पार्टी एकताका लागि उचित, औपचारिक र सार्थक वार्ता वा सहमतिको प्रक्रिया अवलम्बन गर्नुपर्ने बताइरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button