No Image Headlineमुख्य खबरविशेषस्वास्थ्य/जिवनशैली

ओमिक्रोनबारे डब्यूएचओ–ओमिक्रोनपछि यो महामारी अन्त्य हुने आंकलन गर्नु उचित हुँदैन

पछिल्लो समय विश्वका विभिन्न देशले ओमिक्रोनपछि अर्को भेरियन्ट नफैलिने र कोभिड महामारीको अन्त्य हुने आंकलन गरिरहेका छन् ।

ओमिक्रोन भेरियन्ट उत्पति भएको दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले ओमिक्रोनले नै कोभिड–१९ को महामारी अन्त्य गर्ने बताइरहेका छन् ।

विश्व स्वास्थ्य संगठनका युरोप निर्देशक हान्स क्लुगेले एएफपीसँगको पछिल्लो अन्तर्वार्तामा युरोप महामारीको खेल अन्त्यतर्फ गइरहेको बताएका थिए ।

सोही क्रममा उनले  कोभिड– १९ फेरी महामारीको रुपमा नफर्किने सम्भावना रहेको तर यहीे मार्चसम्म ६० प्रतिशत युरोपेली नागरिकमा ओमिक्रोन संक्रमण हुने पनि बताएका थिए ।

“धेरैले ओमिक्रोन नै अन्तिम भेरियन्ट हो र यसपछि महामारीको अन्त्य हुन्छ भनेको हामीले सुनेका छौं तर त्यस्तो होइन ओमिक्रोन अहिले विश्वभर अधिक रुपमा फैलिइरहेको छ । अहिले नै ओमिक्रोनलाई लिएर महामारी अन्त्य हुने आंकलन गर्नु उचित हुँदैन,” संगठनका टेक्निकल लिड मारिया भानले गत १८ जनवरीमा जेनेभामा कोभिड अपडेट रिपोर्टिङका क्रममा भनेकी छिन् ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button