खबर फटाफटस्वास्थ्य/जिवनशैली
२९० जनामा कोरोना संक्रमण, २३२ जना संक्रमणमुक्त

मंगलवार थप २९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४७३ पीसीआर परीक्षणमा २५२ जना र ४ हजार ६१६ एन्टिजेन परीक्षणमा ३८ जना गरी कुल २९० जनामा भाइरसको संक्रमण देखिएको हो ।
त्यस्तै, सोही अवधिमा देशभर ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार मंगलवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट ३ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५७७ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २४२ पुगेको छ । यसैगरी, मंगलवार २३२ जना निको भएसँगै हालसम्म ८ लाख ९ हजार ३८७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।



