No Image Headlineखबर फटाफटदेश

प्रधानन्यायाधीशलाई भेटेर १५ न्यायाधीशले भने- न्यायालयको गरिमा राख्न राजीनामा गर्नूस्

Thrill Factory
Rungta Group

सर्वोच्च अदालतका न्यायाधीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सामूहीक भेटेर राजीनामा दिन सुझाएका छन् ।

जबरालाई सामूहिक भेटेर उनीहरुले न्यायालयको साख गिर्दो अवस्थामा पुगेकाले त्यसलाई माथि उठाउन प्रधानन्यायाधीश जबरालाई भेटेर उनीहरुले मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् ।

जेठान गजेन्द्र हमाललाई मन्त्री बनाउन जवराले दबाब दिएको आरोप लाग्दै आएको छ । चौतर्फी आलोचनापछि हमालले नियुक्त भएको तीन दिन नपुग्दै राजीनामा दिए पनि प्रधानन्यायाधीश जवराको संकट भने टरेको छैन । आफू अप्ठ्यारोमा परेर जेठानलाई राजीनामा गराएको आरोप पनि जबरालाई लागिरहेको छ ।

स्वचालित पेशी प्रणाली लागू गर्न अनिच्छा जनाएका जवरामाथि  कयौँ भ्रष्टाचार काण्डमा भएका फैसला, पूर्वडीआईजी रञ्जन कोइरालाको मुद्दा तथा न्यायपालिकाको सुधारमा नलागेर चलखेल गरेको भन्दै न्यायीक वृत्तबाटै राजीनामाको आवाज चर्किएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button