No Image Headlineदेशस्वास्थ्य/जिवनशैली

जागिर दिलाउने बाहानामा साइबर ठगी, जोगिन के गर्ने ?

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमार्फत ठगीका घटना तीव्र रुपमा बढेको भन्दै आम नागरिकलाई सचेत रहन आग्रह गरेको छ।

ब्युरोले सोमबार जारी गरेको विज्ञप्तिमा फेसबुक, इन्स्टाग्राम, टेलिग्राम, ह्वाट्सएप, मेसेन्जर, भाइबर लगायतका प्लेटफर्ममा अनलाइन जागिरको नाममा विभिन्न विज्ञापन तथा लिंक पठाएर मानिसहरूलाई प्रलोभनमा पारेर ठगी गर्ने घटना अत्यधिक बढेको उल्लेख छ।

ब्युरोका अनुसार खल्ती, इसेवा जस्ता डिजिटल वालेटहरू र बैंक/वित्तीय संस्थाहरूको नाममा ओटीपी कोड मागी पैसा ट्रान्सफर गराउने, गिफ्ट प्याकेज तथा अनलाइन सपिङका बहानामा पनि ठगी गर्ने प्रवृत्ति बढिरहेको छ।

साइबर ब्युरोले यस्ता गतिविधिहरूबाट बच्नका लागि निम्न सुझाव दिएको छ:

  • अनलाइन विज्ञापनमा आँखा चिम्लेर विश्वास नगर्नुहोस्।
  • आफ्नो व्यक्तिगत बैंकिङ जानकारी सुरक्षित राख्नुहोस्।
  • प्रविधिको प्रयोग सुरक्षित तवरले गर्नुहोस्।

ब्युरोले सर्वसाधारणलाई यस्ता घटनामा पर्नबाट जोगाउन सतर्क रहन र कुनै पनि शंकास्पद गतिविधिबारे प्रहरीलाई तुरुन्त जानकारी गराउन आग्रह गरेको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button