No Image Headlineस्वास्थ्य/जिवनशैली

खरबुजा किन्दा यी कुरामा ध्यान दिनुहोस्

अहिले बजारमा प्रत्येक फलफूल पसलमा खरबुजा देखिने गरेको छ । खरबुजा बालकदेखि वृद्धसम्मलाई मन पर्ने फल हो । गर्मी याममा मेवा, खरबुजा र आँपजस्ता फलफूलको धेरै नै बिक्री हुने गर्छ ।

खरबुजामा ९० प्रतिशत पानीको मात्रा हुने भएकाले यो हाम्रो स्वास्थ्यको लागि एकदम लाभदायी हुने चिकित्सकहरू बनाउँछन् । खरबुजामा प्रोटिन, फाइबर, भिटामिन धेरै मात्रामा पाइन्छ ।

अहिले बजारमा औषधि मिसाएका खरबुजा बिक्री हुने गरेको हल्ला पनि सुनिँदै आएको छ । त्यसैले खरबुजा किन्दा ध्यान दिनुपर्ने कुरा हामी उल्लेख गर्ने छौँ ।

यी कुराहरूमा ध्यान दिनुहोस्–

– खरबुजाको माथिल्लो भाग (डाँठ) लाई थिच्दा त्यो सजिलै थिचियो भने बुझ्नुहोस् कि खरबुजा पाकेको र मीठो हुनेछ । यदि डाँठमा प्वाल छ वा धेरै बाक्लो छ भने त्यो खराब हुन सक्छ।
– खरबुजाको बाहिरी तह पहेँलो छ र यसमा हरियो जाल जस्तै धारहरू छन् भने, यो धेरै मिठो र स्वादिष्ट हुन्छ । तर खरबुजा हरियो र चिल्लो छ भने सडेको हुन सक्छ।
– खरबुजाको तल्लो भाग कालो छ भने मिठो र प्राकृतिक रूपमा पाकेको भनेर बुझ्दा हुन्छ । यदि तल्लो भाग सामान्य छ भने त्यो काँचो हुन सक्छ ।
– खरबुजाबाट कडा सुगन्ध आउँछ भने मिठो हुन्छ । सुगन्ध हल्का भएमा कम मिठो हुन्छ ।
– खरबुजा किन्दा तौलमा ध्यान दिनुपर्छ । किनभने मीठो र पाकेको खरबुजाको तौल कम हुन्छ । तर गह्रौँ खरबुजामा धेरै बीउ हुन्छ र कम पाकेको हुन्छ ।
– खरबुजामा केमिकल मिसाएको छ कि छैन भनेर जाँच गर्नका लागि खरबुजा काटेर त्यसको चाना पानीमा हाल्ने यदि पानी पुरै रातो भयो भने त्यो केमिकल युक्त हुन सक्छ ।

स्रोत : विभिन्न मिडियाको सहयोगमा 

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button