No Image Headlineस्वास्थ्य/जिवनशैली

चिसोमा छालाको हेरचाह कसरी गर्ने, कस्ता समस्या हुन्छन् ?

कात्तिकको अन्तिम हुँदा चिसो बढिरहेको छ। चिसो मौसम लागेसँगै हाम्रो स्वास्थ्यमा विभिन्न खालका समस्या देखापर्ने गर्छन्। चिसोमा रक्तनली खुम्चिने भएकाले औँलामा रातोपना आउने, पोल्ने, चिलाउने समस्या हुन्छ।

जाडो मौसममा देखिने छाला सम्बन्धी विभिन्न समस्यामध्ये हात खुट्टा सुनिनु र कम्मर दुख्नु एउटा समस्या हो। अत्यधिक चिसोका कारण हात खुट्टाको औला रातो हुने, चिलाउने, दुख्ने र सुनिने हुन्छ।

यो समस्यालाई हामी नेपालीहरूको आम भाषामा चिसोले खाएको भनिन्छ। यो समस्या चिसोमा धेरै बिहान र बेलुका काम गर्ने मान्छेमा देखिन्छ। गर्मी महिनामा कुनै रोग लागेको मान्छेहरूमा यो समस्या देखिन्छ। जस्तो थाइराइड भएको मान्छेमा यस्तो समस्या देखिन्छ।

यसमा चिसोले गर्दा हात र खुट्टाका रक्तनली खुम्चिन्छन्। रक्तनली खुम्चिएपछि सुनिने, फोका हुने, चिलाउने र घाउ हुनेसम्म हुन्छ। चिसो मौसममा हात खुट्टाको औँला सुन्निनु छाला सम्बन्धी आम समस्या हो। यो समस्या महिलामा बढी देखिन्छ।

धेरै चिसो भयो भने यो बच्चादेखि वृद्धवृद्धासम्म सबै उमेर समूहमा देखिनसक्छ। कसैको बाबा–आमा वा रगतको नाता भएका आफन्त कसैमा छ भने आफूमा पनि यो समस्या हुनसक्छ भनेर पहिला नै रोकथामको उपाय सोच्नु पर्दछ। सामान्य मान्छेमा पनि यो समस्या हुन्छ।
बारम्बार यो समस्या दोहोरियो भने सामान्य भनेर बस्नु हुँदैन। बाहिर यो समस्या देखिए पनि भित्र अरू रोगहरू लागेर भएको हुनसक्छ। त्यसैले एक पटक विशेषज्ञलाई भेट्नु पर्दछ। चिसोको इन्जुरी भनेको हरेकमा हुन्छ, चिसोले आफूमा एलर्जी हुन्छ भने चिसोबाट पहिला नै बच्नुपर्छ। चिसोबाट बच्नु नै यसको रोकथाम हो।
हात, खुट्टाहरू सुनिन वा चिलाउन थाल्यो भने घरैमा मनतातो पानीमा हात डुबाउने, विशेषज्ञको सल्लाह लिएर औषधिको प्रयोग गर्ने गर्नुपर्छ। चिसोमा काम गरेपछि मनतातो पानीमा हात डुबाउने, आगो ताप्ने, पन्जा लगाएर बस्ने, गम्भीर अवस्था भयो भने औषधि पनि खाने गर्नुपर्छ।

धेरै समय भयो र उपचार गरिएन भने पछि गएर हात खुट्टामा फोका÷बिबिरा आउने र पछि त्यो फुटेर विभिन्न इन्फेक्सन हुनसक्छ। अस्पतालमा हामीले पहिला बिरामीको अवस्था हेरेर लगाउने औषधि दिन्छौँ र लगाउने भएन भने खाने औषधि दिन्छौँ।

१० दिनसम्म त्यो बिस्तारै कम हुँदै जान्छ। पछि यस्तो समस्या आउन नदिने उपायहरू सिकाउँछौँ। अरू रोगको कारणले भएको रहेछ भने बिरामीलाई सबै रोगको बारेमा सोधेर त्यसको उपचार गरिन्छ । कसैलाई पहिला वा अघिल्लो वर्ष यस्तो समस्या देखिएको छ भने पछिल्लो वर्ष चिसो पानीमा धेरै काम गर्नु हुँदैन।

चिसो पानी चलाउनुपर्ने काम भएमा पञ्जा लगाएर गर्नुपर्छ। चिसो पानीको काम गरेपछि हात खुट्टा राम्ररी तातोमा सेकाउने गर्नुपर्छ। हात र खुट्टामा मात्र होइन कानमा पनि चिसोले खान्छ। त्यसैले टोपी लगाएर हिँड्नुपर्छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button