No Image Headlineस्वास्थ्य/जिवनशैली

दसैंको खानपान सावधानी : रातो मासु र मादक पदार्थ युरिक एसिडका लागि घातक

साधरणतया बाथ भनेको युरिक एसिड भएकोलाई भन्छौं। तर युरिक एसिड हुने एउटा कारण हुन्छ। बाथ रोग हुने सयौँ कारण हुन्छन्। जसले जोर्नी दुखाउने गर्दछ। बाथ रोग भनेको हाम्रो रोग निरोधक शक्तिले हामीलाई बचाउनु पर्नेमा कुनै कारण बस आफै अंगहरूमा असर गर्दै गयो भने बाथ रोग हो।

यो खानपानले भन्दा पनि धुलो, धुवाँ र वंशाणुगत कारणले पनि हुने गर्दछ। चिसो वातावरणमा हाम्रो हातखुट्टामा रगत राम्रोसँग सञ्चार हुँदैन र चिसोमा रुघाखोकी लगायतका इन्फेक्सन हुन्छन् र इन्सफेक्सन हुँदा रोग प्रतिरोधी शक्ति घढ्छ। त्यसले आफ्नै शरीरका अंगहरूलाई असर गर्न थाल्छ। त्यो कारणले चिसो मौसममा बाथका लक्षण बढी देखिएको छ। चिसोमा मात्र नभई चुरोटको धुवाँमा नबस्ने दाँत किराले खाएको छ भने जाँच गरिहाल्नुपर्छ। किचनमा काम धेरै गर्ने हुँदा महिलामा यो समस्या बढी देखिन्छ।

बाथको लक्षण एउटै हुन्छ ?
बिहान उठ्दा समस्या छ वा सुतेपछि दुख्ने र आराम गरेपछि दुख्ने कम हुँदै सजिलो हुन्छ भने बाथ हुनसक्छ। राति, बिहान र चिसोमा गाह्रो हुन्छ भने बाथ हो भनेर बुझ्नु पर्दछ। समग्रमा सबै बाथमा जोर्नी मांसपेशीहरू दुख्ने हुन्छ, कसैको मिर्गौला फेल भएर पिसाबको प्रोटिन जान्छ।

कम उमेरमा नै कसैकसैको टिभीको उपचार नभएरपछि जाँच गर्दा बाथ पत्ता लाग्छ। तर प्रमुख लक्षण भनेको जोर्नीहरू नै दुख्ने हुन्छ। लामो समय ज्वरो आउने पनि बाथ हुनसक्छ। त्यसैले लामो समयसम्म ज्वरो आयो भने पनि बाथ रोग सम्बन्धित डाक्टरलाई भेट्नुपर्दछ। मसल काठ जस्तो साह्रो हुँदै जाने हुन्छ।

कसैलाई धेरै टाउका दुख्यो र आँखाको ज्योती गयो भने पनि बाथ हुनसक्छ। रगतको नशामा इन्फेक्सन भयो भने त्यसलाई भास्कुलाइटिस भनिन्छ। त्यस्तोमा अचानक हात खुट्टा निलो भएर काटेर फाल्नु पर्ने हुनसक्छ। बाथ भनेको आउट इम्युन डिजिज हो। हाम्रो शरीरमा भएको रोग प्रतिरोधात्मक शक्तिमा गडबड भएपछि यसको असर देखिन्छ।

बाथ रोग के कारणले हुन्छ ?
धेरै जसो बाथमा वंशाणुगत कारण हुन्छ। गठिया बाथ, युरिक एसिड बाथ, ढाडको बाथ बढी देखिन्छ। यस्तोमा धेरै वंशाणुगत कारणले देखा पर्दछ। रोगसँग लड्नुपर्ने हो। त्यो नभएर आफ्नै शरीरका अंगमा असर गर्दछ। रोगको हिसाबले युरिक एसिड, महिलामा बढी हुने हुन्छ। कसैले मासुको बाथ वा नशाको बाथ पनि भन्छन्। ढाँडको बाथमा ढाँड दुख्ने हुन्छ। राति सुतेको बेला धेरै दुख्ने र बिहान कक्रक्क भए दुख्ने हुन्छ।

बूढाबूढीको ढाँड दुखाइ र यो ढाँड दुखाईमा फरक छ। बूढाबूढीको ढाँड दुखाइ राति कम हुन्छ। तर ढाँडको बाथमा आराम गर्दा झन् बल्झिने हुन्छ। मुख सुख्खा हुने, घाउ आउने, आँखा सुख्खा हुने, तारन्तार गर्भ नरहने हुन्छ। अझ भएको गर्भ पनि १० हप्ता भएपछि खस्दै जाने हुन्छ। नशामा रगत जमेर निलो हुने हुन्छ।

बाथ रोगमा गठिया बाथ जसले हाम्रो आँखा र मुख सुख्खा बनाउने हुन्छ। र दाँतको इनामेललाई सुकाउँछ। किराले खाएर कालो नै हुनु पर्दैन। दाँतको तल क्याल्सियम बढ्छ। त्यो शरीर भित्र छिरेपछि शरीरमा असर गर्दछ।

यसलाई रोकथाम गर्न सकिन्छ त ?
बाथमा सेकेन्डरी कारणले रोकथाम गरिन्छ। यो लाग्नै नदिने भन्ने हुँदैन। तर यसलाई रोकथाम गर्न सकिन्छ। औषधिहरू खान सकिन्छ। कति बाथको रोगहरूले निमोनिया भएर आयु कम हुने हुनसक्छ। त्यसलाई रोक्न भने सकिन्छ। युरिक एसिड र ढाडको बाथ पुरुषमा हुन्छ। बाँकी बाथहरू महिलाहरूमा धेरै हुन्छ। हर्मनको कारणले पनि यस्तो हुन्छ। हर्मन इम्ब्यालेन्स हुँदा गर्भवतीमा बढी हुन्छ।

अस्पतालमा यसको उपचार कसरी गरिन्छ ?
अहिले बाथ रोग सुरुमा पत्ता लगाउने पद्धति र औषधिहरू धेरै छन्। दुखेर मात्र आउने को भोलि भित्री अङ्गमा असर गर्छ कि भनेर हेर्ने प्रविधिमा पनि हुन्छ। त्यस्तो प्रविधिहरूले पहिला नै पहिचान हुन्छ। पहिचान नभएर मिर्गौलामा असर गरेको डाढ बाँगिसकेको, घुँडा फेर्नु पर्ने अवस्था आयो भने मंहगो औषधि चलाउनु पर्दछ।

चुरोटको धुवाँमा बस्नु हुँदैन। यो धेरै हानिकारक हुन्छ। चुरोट खानेहरूलाई त औषधि नै नलाग्ने हुन्छ। चिसोमा बस्नु हुँदैन। धेरैको धारण युरिक एसिड भएकोले गेडागुडी खानु हुँदैन भन्ने छ तर खानु हुन्छ। रातो मासु र अल्कोहलहरू चाँहि खानु हुँदैन।

सबै भन्दा पहिला त बाथ रोग हुने कारण खोज्नुपर्छ, यदि बाथ रोग वंशाणुगत रूपमा छ भने त्यो अरूलाई पनि हुनसक्छ। त्यसैले कति बेला हुन्छ र कसलाई हुन्छ भन्ने थाहा हुँदैन। त्यसकारण रोकथामको लागि आहार बिहार, मादक पदार्थ नखाने, फोहोरमैलामा नजाने, कुनै बाथ घाममा बस्दा पनि बढी दुख्ने हुन्छ। त्यसैले घाममा नबस्ने गर्नुपर्छ। युरिक एसिड छ भने धेरै खसीको मासु खानु हुँदैन। पानी प्रशस्त मात्रामा पिउनुपर्छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button