No Image Headlineस्वास्थ्य/जिवनशैली

गर्मी र बर्खाको मौसममा हैजाको जोखिम र यसको उपचार

यो वर्षाको समय हो। यो समयमा विशेषगरी प्राय ठाउँका पानीका मुहान फोहोर हुने र वर्षाको कारणले मुहानमा नै फोहोर जम्मा हुने गर्दछ त्यसैले फोहोर पानी पिउँदा शरीरमा विभिन्न प्रकारका रोग लाग्ने सम्भावना हुन्छ। यो समयमा सबैभन्दा धेरै लाग्ने रोग हैजा हो।

हैजा खास गरेर भिब्रियो कलेरा ब्याक्टेरियाबाट लाग्ने रोग हो। दूषित पानीको प्रयोगले यो रोग लाग्नेगर्छ। वर्षाको सिजन र गर्मी सिजनमा हैजा बढी देखिने गर्छ। एक ठाउँबाट सक्रंमण भएका व्यक्ति अन्य ठाउँमा गएर सुरक्षित ठाउँमा दिसा पिसाब गर्दा पनि किटाणु सर्ने सम्भावना हुन्छ। यसरी हैजा फैलन सक्छ।

हैजा भनेको के हो, यसलाई हामीले कसरी बुझ्ने ?
साधारण अर्थमा हैजा भन्नाले भिब्रियो कलेरा नामको ब्याक्टेरियाको कारणले हुने सानो आन्द्राको सङ्क्रमणलाई बुझिन्छ। यसलाई नेपालीले बुझ्दा तारनतार दिसा र वमन भइरहने एक सङ्क्रामक रोग भनेर बुझ्ने गर्छन्।

यो सङ्क्रामक रोग भिब्रियो कलेरा विशेष गरेर खानेकुराबाट लाग्ने या खाएर हुने रोग हो। हात सफा नगरी खाना खाइयो। पर्सनल हाइजिनमा ध्यान दिइएन भने हातको माध्यमबाट शरीरमा किटाणु प्रवेश गर्छन्। फोहोरमैला, झिँगा परेको खानेकुरा खायो भने हैजा हुने गर्छ। हैजाको किटाणु शरीरमा प्रवेश गरेको दुई घण्टादेखि पाँच दिनसम्ममा लक्षण देखिने गर्दछन्।

यसका लक्षणहरू के के हुन्छन् त ?
विशेष गरेर निरन्तर मात्रामा पातलो दिसा लाग्नु यस रोगको प्रमुख लक्षण हो। हैजा हुँदा बान्ता हुने, लुज मोसन हुने, चौलानी पानी जस्तो पखाला हुने गर्छ। तर, पेट दुख्दैन।

एक दिनमा धेरै पटक बान्ता हुने र पखाला लाग्ने गर्छ। यसको समयमै नियन्त्रण गर्न सकिएन भने जलवियोजन हुन्छ। जलवियोजन भयो भने अन्य अंगमासमेत असर हुन्छ। हैजाका कारण आँखा गढ्ने, छाला चिसो हुने, छालाको लचकतामा कमी आउने तथा हातगोडा चाउरी परेर जाने हुन्छ। जलवियोजनका कारण छाला निलो भएर जानसक्छ।

यो कसरी एक व्यक्तिबाट अर्कोमा सर्छ ?
हैजा सङ्क्रमित व्यक्तिको दिसा पिसाब सही रूपमा व्यवस्थापन गर्न सकिएन भने अर्को व्यक्तिमा सर्ने गर्छ। त्यसैले सङ्क्रमित व्यक्तिको दिसा पिसाब जथाभावी फाल्नु हुँदैन। खाना खानु भन्दा अघि राम्रोसँग हात धुने र दिसा–पिसाब गरिसकेपछि साबुन पानीले राम्ररी हात सफा गरेमा हातको माध्यमबाट सर्ने किटाणु सर्न पाउँदैनन्। जसले गर्दा सङ्क्रमणको जोखिम कम हुन्छ।

हैजाको उपचार के छ ?
पखाला हुँदा कति पटक दिसा भयो। कति पटक बान्ता भयो, कस्तो औषधि प्रयोग गरिरहेको छ भनेर हस्पिटल गइहाल्नुपर्छ। हैजा हुनुको कारण के हो ? खाना खाएर भएको हो कि ? दूषित पानीको कारणले भएको हो पत्ता लगाएर मात्र उपचार गरिन्छ। सबै कुरा हेरेपछि चिकित्सकले परीक्षण गरेर उपचार सुरु गरिन्छ।

बिरामीको अवस्था हेरेर सिरियस डिहाइड्रेसन छ, खान सक्दैन बान्ता हुन्छ भने त्यस्तो व्यक्तिलाई लिक्युड फुड दिएर उपचार गरिन्छ। खान सक्ने व्यक्तिलाई जीवनजल दिन सकिन्छ।

यस्तो बेलामा जतिसक्दो चाँडो पुर्नजलीय झोल खानुपर्छ। स्वास्थ्य सुधारको लागि अस्पतालमै बस्ने गरियो भने निको हुन्छ। यदि समयमै उपचार गरिएन लामो समय जलवियोजनको अवस्था आयो भने किड्नी ड्यामेज हुने, किड्नीले काम गर्न नसक्ने साथै अन्य गम्भीर प्रकारका रोग देखा पर्छन्। सबै अस्पतालमा हैजाको उपचार हुन्छ, कतिपय सरकारी अस्पतालमा निःशुल्क उपचार पनि हुने गरेको छ।

नेपालमा हैजाको खोपको अवस्था कस्तो छ कुन समयमा लगाउने ?
हैजाको स्थायी उपचार भनेको पानीको उपचार गर्नु हो। पानीको उपचार भनेको उमालेर, फिल्टर गरेर पिउनु हो। खाना खानु भन्दा अघि र कुनै वस्तु छोएपछि हात राम्ररी धोएर खाँदा हैजाबाट बच्न सकिन्छ।

हैजाको भ्याक्सिनले केही समयको लागि मात्र काम गर्छ। यो भ्याक्सिन हैजा क्षणिक व्यवस्थापनको लागि रोक्न प्रयोग गरिन्छ। स्थायी रूपमा हैजा रोक्नको लागि पानीलाई शुद्ध बनाउनु हो। हैजाको खोप उपचारको लागि दिइने होइन।

कुनै एरियामा हैजा फैलिएको छ भने त्यसको फैलावट अन्य ठाउँमा नहोस् भनेर रोग भएका व्यक्ति अन्य ठाउँमा जाँदा पनि अरु व्यक्तिलाई कीटाणु सर्न नसकुन् भनेर खोप दिइने गरिन्छ। रोग गम्भीर नहोस् र व्यवस्थापन गर्न सकियोस् भनेर मात्र खोप दिइएको हो।

हैजा नहोस् भनेर पहिला नै के के कुरामा ध्यान दिने ?
यसको लागि हामीले सबै भन्दा पहिले पानीको सरसफाइ सँगै व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ। दिसा पिसाब सुरक्षित ठाउँमा बिर्सजन गर्नुपर्छ।

बजारमा पाइने खानेकुरा जथाभावी खानु भएन, खानेकुरा सुरक्षित छ छैन विचार गरेर मात्र खानुपर्छ। सकेसम्म घरमा बनेका खानेकुरा खाने, पानी शुद्ध गरेर खाँदा हैजाबाट बच्न सकिन्छ। पखाला भएका मानिसलाई अनेक प्रकारका कोकाकोला, फेन्टा, जुस जस्ता अनेक खानेकुरा दिनु हुँदैन। यस्ता खानेकुराले उल्टो असर गर्छन्। पुनर्जलीय झोल बनाएर खाँदा एकदमै राम्रो हुन्छ।

खानेपानी सुरक्षित छ छैन जाँचेर मात्र पिउनुपर्छ। जारको पानी, बोतलको पानी सफा छ भने मात्र खानुपर्छ। घरमा पनि पानी उमालेर मात्र पिउने गर्नाले अरु जीवाणु पनि नष्ट हुने गर्छन्। हामीले खानेपानीको साथसाथै पर्सनल हाइजिनमा विशेष ध्यान दिनुपर्छ।

पखाला भएका मानिसलाई कोकाकोला, फेन्टा, जुस जस्ता अनेक खानेकुरा दिनु हुँदैन। यस्ता खानेकुराले उल्टो असर गर्छन्। पुनर्जलीय झोल बनाएर खाँदा एकदमै राम्रो हुन्छ। साथै भातको माड, जाउलो, दालको रस, ताजा फलफूलको रस खायो भने पखाला कम हुँदै जान्छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button