यस्ता छन् कोरोना र भाइरल संक्रमणबाट बच्ने उपाय

यो मौसममा भाइरल ज्वरो र कोरोना भाइसरका बिरामी दैनिक रुपमा बढ्दै गएका छन्। मौसमी फ्लु र कोरोनाका लक्षण मिल्दोजुल्दो भएकाले सामान्य रुघाखोकी लाग्दा पनि मानिसमा मलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रममण नै भयो कि भन्ने शंका पनि धेरै पाइन्छ।
संक्रामक रोगमा यो समयमा रुघाखोकीसँगै नाकबाट पानी बगिराख्ने हुनसक्छ। शरीर धेरै थाक्ने, ढाड दुख्ने, जिउ गलेको जस्तो महसुस हुने, टाउको र आँखाको डिल दुख्ने, बान्ता हुने र पखाला लाग्ने, खाना खान मन नलाग्ने, अपच हुने लगायतका समस्या हुन्छन्। बच्चालाई वान्ता र पखाला बढी हुन्छ।
यसले श्वासनलीमा समेत सङ्क्रमण गर्छ। भाइरल ज्वरोले शरीरका धेरै अंगलाई असर गरेको हुन्छ। यसको असर बुढाबुढी र बच्चालाई धेरै हुन्छ।
सामान्य रुघाखोकी र कोरोना भाइरसको लक्षणमा के फरक हुन्छ ?
–मौसमी फ्लु हुँदा ज्वरो ९८ देखि एक सय डिग्रीसम्म पुग्ने गर्छ। तर कोरोना भइरसको सङ्क्रमण भएपछि ज्वरो एक सयभन्दा माथि पुग्छ।
-मौसमी फ्लु हुँदा दुई÷चार दिनमा नै त्यसका लक्षण देखा पर्छन्। तर कोरोनाको लक्षण पाँचदेखि १४ दिनसम्म देखापर्छ।
-सामान्य फ्लु लाग्दा एक हप्तासम्म रुघाखोकी लागेर सामान्य ज्वरो आउने हुन्छ। कोभिडमा ज्वरोसँगै श्वासप्रश्वासमा समेत असर गर्छ।
-फ्लु दुईदेखि चार दिनको अन्तरमा अरूमा सर्छ र कोरोना भाइरस चाहिँ चार या पाँच दिनको फरकमा अरू व्यक्तिमा सर्छ।
-रुघा वा सामान्य फ्लुमा खोकी लाग्दा खकारसहित आउँछ तर कोरोना भाइरसको सङ्क्रमण हुँदा सुख्खा खोकी लाग्छ।
रोग प्रतिरोधात्मक क्षमता बढाउन के गर्ने ?
-फलफूल, सागपात तथा हरिया तरकारिका परिकार प्रशस्त मात्रामा खाने,
-खानेकुराहरू सकेसम्म प्राकृतिक रूपमा खाने,
-मौसम अनुसारका फलफूल खाने,
-प्रशस्त वा शरीरलाई आवस्यक पर्ने मात्रामा उमालेको पानी पिउने। सकभर चिसो र बाहिर जहाँ पायो त्यहिको पानी नपिउने,
-धेरै मात्रामा झोलिला खानेकुरा खाने,
-केही दिन भिजाएर टुसा पलाएका गेडागुडी खाने गर्नुपर्छ।
सङ्क्रमित रोगबाट बच्न बिहानदेखि बेलुकासम्म के गर्ने ?
-नियमित हातदेखि शरीरको सरसफाइमा ध्यान दिने,
-हातमा पन्जाको प्रयोग गर्न र काम गर्दा पटकपटक स्यानिटाइजर प्रयोग गर्ने,
-बाहिर निस्किदा अनिवार्य मास्कको प्रयोग गर्ने,
-शौचालय जाँदा र बाहिरबाट घर सार्वजनिक स्थलबाट फर्केपछि कम्तीमा पनि २० सेकेन्ड मिचीमिची साबुन पानीले हात धुने,
-दैनिक कपडा चेन्ज गरेर लगाउने गर्नुपर्छ।
कस्तो अवस्थामा अस्पताल जानै पर्ने हो ?
-कसैलाई निरन्तर ज्वरो आउने र १०१ देखि १०२ डिग्रीभन्दा बढी वा माथि ज्वरो आयो भने अस्पताल जानुपर्छ।
-सास फेर्दा छाती धेरै दुखेर धेरै गाह्रो भयो भने घरमा नै बसेर तातो पानी खान्छु निको हुन्छ भन्नु हुँदैन। तुरुन्तै अस्पताल जानुपर्छ।
-कसैलाई मधुमेह वा कुनै दीर्घ रोग छ भने अस्पतालमा नै गएर चिकित्सकको उचित सल्लाह लिनुपर्छ।
चिकित्सकहरुसँगको कुराकानीमा आधारित



