No Image Headlineस्वास्थ्य/जिवनशैली

दक्षिण एशियामा मधुमेहका ९० लाख बिरामी, नेपालमा कति ?

Thrill Factory
Rungta Group

सन् २०११ अघिसम्म नेपालमा मधुमेहका बिरामी ५ लाखभन्दा कम थिए । त्यसको १० वर्षमा अर्थात् सन् २०२१ मा देशका ७२ जिल्लामा मधुमेहका बिरामीको संख्या ११ लाख पुग्यो ।

७७ ओटै जिल्लामा यस्ता बिरामी १५ लाख हुनसक्ने अनुमान छ । यस आधारमा १० वर्षमा मधुमेहका बिरामी १० लाख थपिएका छन् ।

यो तथ्यांकले नेपालमा मधुमेह तीव्ररुपमा बढिरहेको देखाउँछ । चिकित्सकका अनुसार मधुमेह लाग्ने मुख्य कारण बोशो हो । बोशोयुक्त खानेकुरा कम खाए मधुमेहको खतरा कम हुन्छ । यस्तै, शरीरमा भएको बोशो घटाउन सकेमा पनि यो रोगबाट बच्न सकिन्छ ।

पछिल्लो समय व्यस्त जीवनशैलीका कारण मानिसहरू शारीरिक काम गर्न पाउँदैनन्रगर्दैनन् । मधुमेह लाग्नुको एउटा कारण शारीरिक अभ्यासको कमी पनि हो ।

नेपालमा मधुमेहका बिरामीको संख्या गाउँभन्दा शहर धेरै रहेको पाइएको छ । गाउँका ५–७ प्रतिशत मानिसमा मधुमेहका बिरामी रहेकोमा शहरमा यस्ता बिरामीको संख्या १५ प्रतिशतसम्म रहेको पाइएको सम्मेलनमा बताइएको छ ।

मधुमेह नेपालमा मात्रै होइन, दक्षिण एसियालगायत विश्वभरका सबै देशमा भयावह देखिएको छ । दक्षिण एशियामा मात्रै यसका बिरामीको संख्या ९० लाख छ ।

बंगलादेशका डाक्टर टोफिल अहमदले विश्वभर यो समस्या विकराल बन्दै गएको बताए । पाकिस्तानी डाक्टर अलि जावाले पाकिस्तानमा पनि डायबिटिजको समस्या खतरनाक तरिकाले बढिरहेको बताए ।

एक बेलायती डाक्टरले भने, मधुमेह विश्वभरि विकराल भइसकेको छ । यो भनेको सुगर क्यान्सर हो ।’

मधुमेहको समस्या विकराल भए पनि यसलाई नियन्त्रण गर्न सकिने चिकित्सक बताउँछन् । व्यस्त जीवनशैलीबाट समय निकालेर शारीरिक अभ्यास गरे यो रोग केही हदसम्म नियन्त्रण हुने चिकित्सकको भनाइ छ ।

सम्मेलनमा सहभागी बेलायतमा काम गर्ने नेपाली डाक्टर सचिनराज भण्डारीले सबै मिलेर मधुमेह नियन्त्रण गर्नुपर्ने सुझाए ।

‘आर्थिक र राजनीतिक समस्याभन्दा ठूलो स्वास्थ्य समस्या छ । त्यसमा पनि डायबिटिज ठूलो समस्याको रूपमा आइरहेको छ । यसमा सबै जना मिलेर यो लडाइँ लड्नु पर्ने छ,’ उनले भने ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button