अन्तराष्ट्रिययस्तो पनि
विवाहपूर्वको यौन सम्बन्धमा जेल सजाय
विवाह इतर यौन सम्बन्ध राख्नेलाई एक वर्षसम्म जेल सजाय हुने व्यवस्था राख्दै इन्डोनेशियाको संसद्ले नयाँ फौजदारी कानुन पारित गर्ने तयारी गरेको छ।
कानुनको मस्यौदा तयारीमा सहभागी राजनीतिज्ञ बामबाङ वयुरान्तोले अर्को हप्तासम्ममै नयाँ कानुन पारित भइसक्ने बताए। प्रस्तावित कानुन पारित भए यस्तो प्रावधान इन्डोनेशियाली नागरिक मात्र नभएर त्यहाँ बस्ने विदेशीहरूका हकमा पनि लागु हुन्छ।
तर व्यभिचारमा कारबाही हुनका लागि यसको पक्षले प्रशासनमा उजुरी गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। विवाहित व्यक्तिको हकमा पीडित पक्षको श्रीमान् वा श्रीमतीले उजुरी दिन सक्छन्।
यस्तो कानुनले विवाह नगरेका व्यक्तिहरूले यौन सम्बन्ध राखेको उजुरी उनीहरूका आमाबुवाले दिन सक्ने व्यवस्था प्रस्ताव गरेको छ।