No Image Headlineमुख्य खबरस्वास्थ्य/जिवनशैली

नेपालमा डेंगु : आफूखुशी उपचारले बढ्यो जोखिम

नेपालमा डेंगु संक्रमितको संख्या ४० हजार नाघिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म देशभर ४० हजार २९ जनामा डेंगु संक्रमण पुष्टि भैसकेको छ ।

संक्रमणबाट ४८ जनाको मृत्यु भएको छ । सरकारले देशका ७७ वटै जिल्लामा डेंगुको जोखिम बढिरहेकाले सतर्कता अपनाउनका साथै डेंगुबाट बच्न पूरा बाहुला भएका कपडा लगाउन पनि सबैमा आग्रह गरिरहेकै छ । तर पनि सोचे अनुसार डेंगू संक्रमितको संख्या घट्न सकेको छैन ।

दसैँ मनाउन काठमाडौबाट मानिसहरू धेरै ठाउँमा गएका थिए । भ्यालीबाट टाढा जाँदा अन्य ठाँउहरुमा पनि डेंगुका बिरामीहरू बढेका छन् । अहिले पहिलाको भन्दा सिकिस्तै भएर मानिसहरू अस्पताल जाने गरेका छन् ।

त्यसको मुख्य कारण भनेको जनतामा डेंगु सम्बन्धी जनचेतना कम हुनु भएको डाक्टर चन्दन ठाकुर बताउँछन् । उनी भन्छन्, ‘आफुखुसी मेडिकलमा गएर औषधि सेवन गर्दा समस्या झनै बढेको छ ।’

डेंगूमा पनि निश्चित वा विशेष लक्षण देखिए अस्पताल भर्ना हुनुपर्ने संकेतका रूपमा लिन सकिन्छ । तारन्तार वान्ता हुनु, अत्यधिक पेटको दुखाइ हुनु, नाक, गिँजा वा शरीरका अरू ठाउँबाट रगत बग्नु, दिसा पिसाब वा वान्तामा रगत देखिनु डेंगूका लक्षण हुन् ।

यस्तै बेचैन हुनु, श्वास प्रश्वासमा कठिनाइ देखिनु आदि लक्षण संक्रमितमा देखिए तुरुन्त चिकित्सकलाई सम्पर्क गर्ने वा अस्पताल जान चिकित्सकको सुझाव छ । यस्ता स्वास्थ्य समस्या देखिए संक्रमित जटिलतातिर गइरहेको हुनसक्ने विज्ञहरु बताउँछन् ।

प्लेटेलेट्सको संख्या बढाउन झोलिलो खानेकुरा, फलफुल लगायतको खान खादा छिटो स्वस्थलाभ गर्न सकिन्छ । प्लेटेलेट्सको संख्या विशेष कुनै खाने कुरा नखाएर पनि केहि दिनमा फेरी सामान्य अवस्थामा फर्कने गरेको चिकित्सकको भनाई छ ।

हाम्रो शरीरमा प्लेटलेको मात्र डेढ लाख देखि ४ लाखसम्म हुन सक्छ । कसैको घटेर १ लाख भन्दा तल पनि जान्छ । यदि जिउबाट रगत बगेको लक्षण छैन भने अस्पतालमा भर्ना गरेर निगरानीमा राखेर सेतो रगत चढाउन पर्दैन । यदि ३० हजार भन्दा कम आयो भने हामी निगरानीमा राखेर सेतो रगत चढाउँनुपर्छ ।

डेंगुमा जटिल अवस्था सिर्जना नहोस् भन्नका लागि विशेष शतर्कता अपनाउने र जटिलताका संकेत देखिए तुरुन्त चिकित्सकको परामर्श लिने वा अस्पताल जानु पर्दछ । तर अब विस्तारै चिसो बढेकाले डेंगूको जोखिम घटेको चिकित्सकको भनाई छ ।

अहिले भइरहेका संक्रमित पनि अब चिसो बढेसँगै सञ्चो भएपछि घट्दै जाने उनीहरु बताउँछन् । तर अहिले संक्रमित रहेका सबैले आफ्नो राम्रोसँग ख्याल गर्नुपर्ने उनीहरु बताउँछन् ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button