No Image Headlineदेशस्वास्थ्य/जिवनशैली
डेंगु बिरामीको संख्या ३४ हजार, सर्तकता अपनाउन विज्ञको आग्रह

नेपालमा डेंगु बिरामीको संख्या ३४ हजार पुग्न लागेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशमा डेंगु बिरामीको संख्या ३३ हजार ९७५ पुगेको छ ।
२०७९ साउन १ गतेदेखि यता उक्त संख्यामा डेंगुका बिरामी नेपालमा भेटिएका हुन् ।
डेंगुका कारण सो अवधिमा नेपालमा ४४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।



