खबर फटाफटस्वास्थ्य/जिवनशैली
३२४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ६ सय ७३ पिसिआर परीक्षणका क्रममा १ सय ६३ जना र १ हजार ८ सय ४२ एन्टीजेन परीक्षणका क्रममा १ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
हाल नेपालमा ३ हजार ९ सय ४३ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।



