No Image Headlineअर्थखबर फटाफट
वीरगञ्जमा पतञ्जलीले बाँड्यो खानेपानी, स्थानीयलाई राहत

वीरगञ्जमा बढ्दो पानीको संकट समाधानमा सहयोग पु¥याउन बहुराष्ट्रिय कम्पनी पतञ्जलि आयुर्वेद प्रालिले खानेपानी बितरण गरेको छ ।
बाराको प्रसौनीस्थित पतञ्जलि आयुर्वेद प्रालिका प्रमुख युवराज सुवेदीका अनुसार सो कम्पनीले वीरगञ्जमा विभिन्न वडामा खानेपानी बितरण गरेको हो । कम्पनीले केही दिनदेखि खानेपानी बितरणलाई निरन्तरता दिएको सुवेदीले जानकारी दिए ।
कम्पनीले वीरगञ्जको वडा नं. ५, १५ र २४ मा ट्यांकरमार्फत खानेपानी बितरण गरेको छ । दैनिक रुपमा बिहान विभिन्न वडामा खानेपानी वितरण गरिएको कम्पनीले जनाएको छ ।




