कला/साहित्य

हिन्दी भाषीबाहेकले पनि रुचाएको शाहरुखको पठान

Patanjali Nepal
Sweet Mart Food

साहरुख खानको पठान भारतीय दर्शकका लागि मात्र नभई संसारका अन्य देशका दर्शकका लागि समेत हेर्न लायक फिल्मको रूपमा प्रस्तुत भएको छ।

यस फिल्मले साहरुख खानलाई नयाँ खालको भूमिकामा स्थापित गरेको छ। साथै यसलाई ९० को दशकका सुपर स्टार साहरुखको उत्कृष्ट कम ब्याक चलचित्रको रूपमा समेत हेरिएको छ।

बलिउड फिल्मको इतिहासमै दोस्रो धेरै आम्दानी गर्ने फिल्मको रूपमा पठान कीर्तिमान राख्नसमेत सफल भएको छ। सोसीयल ड्रामाको परम्परालाई कायम राख्दै यस वर्ष ‘सिर्फ एक बन्दा काफी है’ पनि बनेको थियो।

शक्तिशाली राजनीतिक नेता समेत बलात्कारको आरोप सहेको सो फिल्मको घटना भने दुर्लभ मानिन्छ। तथापि नयाँ जर्नाको फिल्मको रूपमा यसलाई सबैले स्वीकार गरेका छन्। साथै धेरैले मन पराएका पनि छन्।

दीपक किङ्ग्रानीले निर्देशन गरेको सो चलचित्रमा मनोज बाजेपेयीको अभिनयलाई धेरैले मन पराएका छन्। बाजेपेयी यस चलचित्रबाट दर्शकको मनमा धेरै नै छाउन सफल भएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button