कला/साहित्य

भारतीय गायक विनित सिंह नेपाल आउँदै

Patanjali Nepal
Sweet Mart Food

बलिउडका लोकप्रिय गायक अरिजित सिंहको भव्य सांगीतिक प्रस्तुतपछि पुनः अर्का भारतीय गायकले काठमाडौंमा लाइभ कन्सर्ट दिने भएका छन् ।

गायक विनित सिंहले आफ्नो ब्याण्डसहित सांगीतिक प्रस्तुति दिन लागेका हुन् । दरबारमार्गस्थत क्लब प्लाटिनममा यही मंसिर १६ गते शनिबार आयोजना हुने ‘विनित सिंह लाइभ इन नेपाल’ कार्यक्रममा उनले आफ्नो लोकप्रिय गीत–संगीत प्रस्तुत गर्नेछन् ।

विनित बलिउडमा दर्जनौँ बढी गीत गाएर स्रोतामाझ लोकप्रिय छन् । सन् २००३ देखि हालसम्म उनका गीत दर्शक तथा स्रोताले रुचाउँदै आएका छन् । एल एण्ड एन मोडेल एजेन्सीले गायक सिंहलाई काठमाडौंमा प्रस्तुत गर्न लागेको हो ।

गायक सिंहका तेरा प्यार प्यार हुक्का बार, तुम चैन हो करार हो, जलते दिए, प्रेम लिला, तु कमाल दि कुडी जस्ता गीत गाउने एल एन्ड एन मोडेल एजेन्सीका प्रबन्ध निर्देशक नितिन कायस्थले बताए ।

कार्यक्रममा गायक सिंहसहित केही नेपाली गायक–गायिकाले समेत सांगीतिक प्रस्तुति दिने क्लब प्लाटिनमका सञ्चालक डेभिल सिंह राजपुत बताउँछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button