खबर फटाफट
पराजय भोग्ने एक्लो पूर्वप्रधानमन्त्री बने झलनाथ खनाल
पूर्वप्रधानमन्त्री झलनाथ खनाल गृहजिल्ला इलामबाट पराजित भएका छन्। मतगणना सकिँदा खनाल २,६०० बढी मतले पछि परे ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता खनाल आफ्नै पूर्व पार्टी सहकर्मी महेश बस्नेतसँग पराजित भएका हुन्। यो प्रतिनिधिसभा निर्वाचनमा पराजय भोग्ने खनाल एक्लो पूर्व प्रधानमन्त्री हुन्।
प्रधानमन्त्री शेर बहादुर देउवा सहित पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधव नेपाल निर्वाचित भइसकेका छन्। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र लोकेन्द्र बहादुर चन्दले भने यो निर्वाचनमा उम्मेदवारी दिएनन्।
नेकपा एमालेका पूर्वअध्यक्ष समेत रहेका खनाल गत वर्ष पार्टी विभाजन हुँदा एकीकृत समाजवादीमा गएका थिए।