No Image Headlineखबर फटाफटदेश

स्रोत नखुलेको १३ लाख १५ हजार रकमसहित युवक पक्राउ

Patanjali Nepal
Sweet Mart Food

जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको १३ लाख १५ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

सूचना अधिकारी डिएसपी कुमार बिक्रम थापाका अनुसार विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी गण्डकबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार अपराहन्ह वीरगञ्ज महानगरपालिका वडा नं १४ गण्डकचोकस्थित सडकखण्डमा सो रकमसहित वीरगञ्ज महानगरपालिका वडा नं २२ जगरनाथपुर बस्ने बर्ष २८ को रविकुमार पटेल पक्राउ परेका हुन् ।

वीरगञ्जबाट परवानीपुरतर्फ जाँदै गरेको प्रदेश २–०३–०१० प ६७१९ नम्बरको मोटरसाइकलमा पिठ्युमा बोकेको कालो ब्यागभित्र लुकाई ल्याएको स्रोत नखुलेको १००० दरको नोट थान ८८९ र ५०० दरको नोट ८५० थान गरी जम्मा रु १३ लाख १५ हजार बरामद भएको हो । विभिन्न बैंकको खाली चेकहरु पनि बरामद भएको डिएसपी थापाले जानकारी दिएका छन् । पटेललाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरुद्वको कसूरमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button