No Image Headlineखबर फटाफटदेश

विवादित अभिव्यक्तिले राष्ट्रपतिका सल्लाहकारको जागिर चैट

Patanjali Nepal
Sweet Mart Food

राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले राजीनामा दिने भएका छन् । एउटा अन्तरवार्तामा दिएको अभिव्यक्ति विवादित बनेपछि उनले पद त्याग्नुपर्ने अवस्था आएको हो ।

सरकारले सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेपछि नेपालले त्यसप्रति असन्तुष्टि प्रकट गरेका थिए । यस विषयमा राष्ट्रपति स्वयम्ले बोलाएर उनीसँग् सोधपुछ गरेका थिए । नेपालको जवाफबाट राष्ट्रपति सन्तुष्ट हुन नसकेको स्रोतले बतायो ।

नेपालले आफ्नो भनाइलाई गलत आशयका साथ प्रकाशन गरिएको भन्दै प्रष्टीकरण दिएका थिए । देश सञ्चारलाई गत २३ वैशाखमा दिएो अन्तरवार्तामा नेपालले भनेका थिए, ‘सरकारको निर्णय अनुपयुक्त समयमा आएको छ । भारतसँग सीमा विवाद रहेकै अवस्थामा अन्तर्राष्ट्रिय मान्इताभन्दा बाहिर गएर नोटमा नक्सा छाप्नु अविवेकी निर्णय हो ।’

यसैगरि, २४ वैशाखमा बीबीसी नेपाली सेवालाई दिएको अन्तरवार्तामा उनले राष्ट्रबैंकलाई संशोधित संविधानको नक्सा राख्न दिने निर्णयलाई लहडको संज्ञा दिएका छन् ।

 

आजै सत्तारुढ दल एमाले अध्यक्ष केपी शर्मा ओलीले सल्लाहकारको अभिव्यक्तिबारे राष्ट्रपति र प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएका छन् । ओलीको अभिव्यक्ति आएपछि नेपालले राष्ट्रपति सचिवालयमा फोन गरेर आफ्नो राजीनामा तयार पार्न भनेका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button