अन्तराष्ट्रिय

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई जुन १ सम्मका लागि रिहा गर्न सर्वोच्चको आदेश

Patanjali Nepal
Sweet Mart Food

भारतीय सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जमानत दिएको छ । मदिरा भ्रष्टाचार प्रकरणमा पक्राउ परेका मुख्यमन्त्री केजरीवाललाई शुक्रबार सर्वोच्च अदालतले जुन १ सम्मका लागि रिहा गर्न आदेश दिएको हो ।

भारतीय सर्वोच्च अदालतका न्यायाधीशद्वय सञ्जीव खन्ना र दीपांकर दत्ताको इजलासले मुख्यमन्त्री केजरीवाललाई केही समयका लागि रिहा गर्ने आदेश दिएको हो ।

अगस्ट २०२२ मा दर्ता भएको शराब नीति मामिलामा प्रवर्तन निर्देशनालय ईडीले मुख्यमन्त्री केजरीवाललाई गत मार्च २१ मा गिरफ्तार गरेको थियो । अदालतले केजरीवालले जुन १ सम्म लोकसभा चुनावको प्रचार(प्रसार गर्न सक्ने पनि जनाएको छ । त्यस्तै मदिरा नीति मामिलामा केजरीवाल पक्राउ घटनाको छिट्टै नै सुनुवाइ सक्ने पनि अदालतले जनाएको छ ।

अदालतले मुद्दा दर्ता भएको डेढ वर्षपछि केजरीवाललाई पक्राउ गर्नुबारे पनि प्रश्न उठाएको थियो । न्यायाधीश खन्नाले सुनुवाइका क्रममा भने, अगस्ट २०२२ मा ईडीले मुद्दा दर्ता गर्‍यो । उनलाई मार्च २०२४ मा पक्राउ गरियो । डेढ वर्षसम्म उनी त्यहीँ थिए । गिरफ्तारी पहिले पनि हुन सक्थ्यो वा पछि पनि । फेरि २१ दिन यताउतीले केही फरक पर्न नहुने हो ।

लोकसभा चुनावको मिति घोषणा हुनेबित्तिकै केजरीवाललाई पक्राउ गरिनु राजनैतिक षड्यन्त्रु भएको भन्दै विपक्षी दलहरूले आरोप लगाउँदै आएका छन् । लोकसभा चुनावअन्तर्गत भारतमा तीन चरणको मतदान भइसकेको छ । भारतमा चौथो चरणको मतदान १३ मेमा हुनेछ । त्यस्तै २० मेमा पाँचौँ, २५ मेमा छैटौँ र १ जुनमा सातौँ चरणको मतदान हुनेछ । चुनावको नतिजा भने ४ जुनमा आउनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button