No Image Headlineखबर फटाफटदेश

मौसम : साताभरि चट्याङसहित पानी पर्ने, सतर्कता अपनाउन आग्रह

Patanjali Nepal
Sweet Mart Food

अहिले नेपालमा सक्रिय मौसमी प्रणाली आगामी केही दिनसम्म रहने भएकाले यो साताभरि नै देशका विभिन्न भागमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

उनीहरूका अनुसार अहिले नेपालमा पश्चिमी वायु, स्थानीय वायु र भारतको बिहारआसपास विकास भएको न्यूनचापीय प्रणाली सक्रिय छ। शनिवारपछि पश्चिमी वायुको प्रभाव अझ बढ्ने पूर्वानुमान गरिएकाले आगामी साता पनि वर्षाको सम्भावना उच्च रहेको उनीहरूको भनाइ छ।

मौसमविद्हरूले यसलाई मनसुनपूर्वको अर्थात् प्रीमनसुन वर्षा भनेका छन्। दैशैभरि डढेलो लागेकाले त्यसको न्यूनीकरणमा यो वर्षाले महत्त्वपूर्ण योगदान गर्न सक्ने ठानिएको छ।

यद्यपि कतिपय स्थानमा चट्याङका कारण मानिसहरूको ज्यान गएको खबर पनि आएका छन्। विज्ञहरू यो मौसममा उच्च गतिको हावाहुरी चल्ने र चट्याङ पर्ने भएकाले त्यस्ता गतिविधिबाट बच्ने उपायहरू अपनाउन आग्रह गर्छन्।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनी यो सातामा देशैभरि पूर्ण तथा आंशिक वर्षाको सम्भावना रहेको बताउँछन्।

उनी भन्छन्, शुक्रवारसम्म अहिलेकै प्रणालीहरूका कारण वर्षाको सम्मावना छ भने शनिवारदेखि पश्चिमी वायु अझ सक्रिय हुने देखिन्छ। त्यसले अर्को साता पनि वर्षा हुने हामीले पूर्वानुमान गरेका छौँ। यस बेला विशेष गरी उच्च पहाडी तथा हिमाली भागहरूमा हिमपातको सम्भावना पनि छ।

महाशाखाले जारी गरेको तीनदिने मौसम पूर्वानुमान बुलेटिनमा पनि नेपालमा यो साताभरि नै बदली रहने उल्लेख छ। त्यसमा भनिएको छ,देशको पहाडी भूभागको केही स्थानहरूमा मेघगर्जन / हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको साथै तराईका एकदुई स्थानहरूमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button