देश

विजय सरावगीले किन छोड्दैछन् एमाले, जसपा फर्किने तयारी हो ?

Patanjali Nepal
Sweet Mart Food

वीरगञ्ज महानगरपालिकाका पूर्व मेयर विजयकुमार सरावगीले नेकपा एमाले छोड्ने भएका छन् । गत स्थानीय चुनावमा जसपा नेपालबाट एमालेमा प्रवेश गरी मेयरमा पराजित भएदेखि नै उनी राजनीतिको फ्रन्ट लाइनमा छैनन् ।

उनले एमालेको साधारण सदस्य समेत नरहने गरी राजिनाम दिने तयारी गरेको बुभिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर एमाले छिरेका उनी ओलीलाई नै भेटेर राजिनामा बुझाउने भन्दै काठमाडौं गएका छन् ।

एमालेले उनलाई पार्टीको केन्द्रीय सल्लाहकार पदमा मनोनित गरिएको छ । तर पार्टी भित्र हैसियत अनुसारको भूमिका नपाएको भन्दै उनी असन्तुष्ट रहँदै आएका छन् । यही असन्तुष्टिका कारण उनी एमालेबाट बाहिरिने मनस्थितिमा पुगेको उनीनिकटहरु बताउँछन् ।

पार्टीको भूमिकाले राजनीतिमा निस्क्रिय बनाएर राख्ने खालको अवस्था देखिएकोले राजिनामा दिने मनस्थितिमा पुगेको उनले आफूनिकट व्यक्तिहरुसँग गुनासो गर्ने गरेका छन् ।

सरावगीको राजनीतिक आरोहअवरोह

वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षबाट व्यापारीको राजनीतिमा आएका उनी नेपाल उद्योग वाणिज्य महासंघमा पनि सक्रिय रहेका थिए । २०७३ सालमा तत्कालिन संघीय समाजवादी फोरमबाट सक्रिय राजनीतिक यात्रा शुरु गरे । २०७४ को स्थानीय चुनावबाट सोही पार्टीबाट टीकट लिएर वीरगञ्ज महानगरपालिकाको मेयरमा निर्वाचित भए ।

जसपा नेता प्रदीप यादवसँगको टकरावका कारण उनी जसपा छोडेर २०७८ साल मंसिरदेखि नेकपा एमालेमा लागे । एमालेबाट मेयरमा लडेका उनी जसपा र कांग्रेस गठबन्धनका उम्मेदवार राजेशमान सिंहसँग पराजित भए ।

जिल्लामा सरावगीका राजनीतिक प्रतिद्वन्दीको रुपमा रहेका यादव र सिंह दुवै जसपा फुटेर बनेको नयाँ दलमा गएसँगै सरावगी जसपा नेपालमा जाने अड्कलबाजी भइरहेको छ ।

तर, उनले तत्कालका लागि यो कुरा हल्ला मात्रै रहेको बताएका छन् । उनले आफू एमाले छोड्ने तर, अहिले तत्काल राजनीतिमा सक्रिय हुने कुनै तयारी नरहेको बताएका छन् । एक वर्षसम्म सक्रिय राजनीतिमा नलाग्ने उनको भनाइ छ ।

 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button