खेल संसार

रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा

Patanjali Nepal
Sweet Mart Food

रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा बायर्न म्युनिखलाई २९१ ग्गोल अन्तरले पराजित गर्दै समग्रमा ४९३ को नतिजासहित रियल म्याड्रिड फाइनलमा पुगेको हो ।

यस खेलमा १९० ले पछि परेको रियल म्याड्रिडले खेलको ८८औ र ९१औं मिनेटमा गोल गर्दै जित हासिल गरेको थियो । रियल म्याड्रिडका लागि दुवै खेल जोसेलुले गरेका थिए । त्यस्तै बायर्न म्युनिखका लागि एक गोल अलफोसनो डाभिजले गरेका थिए ।

यस अघि सम्पन्न सेमिफाइनलको पहिलो लिग २९२ गोलको बराबरीमा सकिएको थियो । योसँगै रियल म्याड्रिड १८औं पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । रियलले अहिलेसम्म १४ पटक च्याम्पियन्स लिग जितेको छ र विश्वमा सबैभन्दा बढी पटक च्याम्पियन्स लिग जित्ने क्लब हो ।

अब रियल म्याड्रिडले फाइनलमा जर्मनी क्लब बोरुसिया डोर्टमण्डको सामना गर्ने छ । फाइनल खेल जुन २ मा लण्डनस्थित विम्बली स्टेडियममा हुने छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button