देश

जसपामा पहिचानवादी धार उदयको अर्थ, किन जन्मियो नयाँ मोर्चा ?

Patanjali Nepal
Sweet Mart Food

उपेन्द्र यादव र अशोक राईको नेतृत्वमा विभाजित बनेको जनता समाजवादी पार्टी जसपामा तेस्रो धारको जन्म भएको छ । तेस्रो धारमा रहेका नेताहरुले यादव र राईको समूहमा नलागी तटस्थ र स्वतन्त्र रहने निर्णय गरेका छन् ।

जसपामा एकता प्रक्रियाबाट आवद्ध भएका लिम्वुवानका नेताहरुले तटस्थ रहने निर्णय गरेका हुन् । त्यसैगरी विभिन्न समयमा राप्रपा लगायतका दलबाट जसपामा आवद्ध रहेका नेताहरुले पनि तटस्थ रहने घोषणा गरेका छन् ।

अशोक राईको नेतृत्वमा नेकपा एमाले छाडेर जसपामा आवद्ध हुन पुगेका केही नेताहरु पनि तटस्थ समूहमा रहेको सो समूहका नेताहरुले बताएका छन् । यसरी तटस्थ रहनेमा संघीय लिम्बुवान राज्य परिषदबाट जसपासँग एकता गरेका खगेन्द्र मामिख र उनको समूह रहेको छ । त्यसैगरी अमेरिकामा कार्यरत प्राध्यापक डा महेन्द्र लावतीले पनि जसपा छाडेर स्वतन्त्र रहने निर्णय गरेका छन् ।

खास गरी पूर्वी नेपालका जसपा नेताहरु र प्रवासमा रहेकाहरुले तीन दिनयताको छलफल पनि कुनै समूहमा नलागी तटस्थ बस्ने घोषणा गरेका हुन् । हामीले तीनदिनसम्म वृहत छलफल गरेर निश्कर्ष निकालेका हौं,’ डा। लावतीले खबरहबसँग भने, ‘हामी उपेन्द्रजी र अशोकजी दुबैतिर छैनौं, स्वतन्त्र रहने छौं ।

तटस्थ रहने जसपाका नेताहरुले आज दिउँसो १२ बजे रिपोर्टस क्ब्लवमा पत्रकार सम्मेलन गरेर पहिचानवादी मोर्चाको घोषणा गर्ने कार्यक्रम रहेको नेता माखिमले बताए ।

जसपाका नेता खगेन्द्र माखिम, लावती, सरु सिंघक लगायतका नेताहरुले बैशाख १५ को उपचुनावमा इलाममा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमलाई सक्रिय रुपमा सघाएका थिए ।

संसदमा १२ सिट रहेको जसपा यसै साता फुटेको हो । फुटेर नयाँ पार्टी बनाएका अशोक राईको पक्षमा ७ जना र उपेन्द्र यादवको पक्षमा ५ जना प्रतिनिधिसभा सदस्य छन् । राष्ट्रियसभामा रहेका ३ जना सदस्इ आफूसँगै रहेको यादवले बताएका छन् । यादव समूह विभाजनविरुद्ध सर्वोच्च अदालत जाने तयारीमा छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button