स्वास्थ्य/जिवनशैली

हामीले दैनिक कति पानी पिउनु पर्दछ ?

Thrill Factory
Rungta Group

निरन्तर रूपमा हामीले पानी पिउनुपर्छ भन्ने कारणले धेरै मानिसहरू पानी आफूसँग जहाँ जाँदा पनि बोक्छन् र आफ्नो शरीरलाई चाहिनेभन्दा बढी पिउँछन्।

मानिस सबैभन्दा धेरै तापक्रममा हुने भनेको मरुभूमिको बीचमा हुँदा हो र त्यहाँ उसको एक घण्टामा दुई लिटर पसिना बग्न सक्छ तर त्यो एकदमै कठिन हुन्छ, लन्डनस्थित इन्स्टिट्यूट अफ स्पोर्ट्स, एक्सरसाइज एन्ड हेल्थका अनुसन्धान निर्देशक ह्यू मोन्टगोमेरी भन्छन्।

यूकेको एनएचएसले कम चिल्लो पदार्थ भएको दूध, चिया, कफीजस्ता चिनीरहित पेयसहित दैनिक ६ देखि ८ गिलास पानी पिउन सुझाउँछ।

यो पनि बुझ्न आवश्यक छ कि हामीलाई तीर्खा लाग्ने प्रक्रियाको संवेदनशीलता ६० वर्षपछि गुम्छ। सन् २०२२ मा अनुसन्धानकर्ताहरूले डिहाइड्रेशनको लक्षण धेरैजसो बेवास्ता गरिने गरिएको पत्ता लगाएका थिए।

उमेर भएसँगै प्यासबारेको हाम्रो प्राकृतिक प्रक्रिया कम संवेदनशील बन्छ र हामीलाई युवालाई भन्दा डिहाइड्रेशन धेरै हुन्छ। उमेर बढेसँगै हामी शरीरमा पानी कम नहोस् भनेर पानी वा पानी पाइने तरल पदार्थ खानेबारे धेरै ध्यान दिनुपर्छ, डेभीले भने।

शरीरलाई कति पानी आवश्यक हुन्छ भन्ने कुरा व्यक्तिको उमेर, आकार, लिङ्ग, वातावरण र शारीरिक क्षमतामा भर पर्नेमा विज्ञहरू सहमत छन्।

सन् २०२२ मा युनिभर्सिटी अफ एबरडीनका अनुसन्धानकर्ताहरूले मानिसको शरीरलाई चाहिने अनुमानित पानीको मात्रा दैनिक दुई लिटरभन्दा डेढ लिटरदेखि १.८ लिटर भएको अनुमान गरेका थिए। ती अनुसन्धानकर्ताहरूले मानिसलाई दैनिक कति पानी आवश्यक पर्छ भन्नेबारे २३ देशका वैज्ञानिकहरूसँग सहकार्य गरेका थिए।

उनीहरूले गर्मी र धेरै तापक्रममा बस्ने लगायत उँचो स्थानमा बस्ने, खेलाडी, गर्भवती महिला र स्तनपान गराउने मानिसलाई अन्य मानिसलाई भन्दा धेरै पानी आवश्यक पर्छ। कति पानी आवश्यक पर्छ भन्ने जान्न उसले कति ऊर्जा खर्चिन्छ भन्नेमा भर पर्छ। एउटै नियम सबैलाई लागु हुँदैन।

धेरैजसो विज्ञहरू दैनिक कति पानी चाहिन्छ भन्नेबारे धेरै चिन्ता लिनु नपर्ने र शरीरले नै तीर्खामार्फत् थाहा दिने कुरामा सहमत छन्। प्राय भोक लागेपछि वा थकानका बेला मानिसलाई तीर्खा लाग्छ।

आवश्यकताभन्दा बढी पानी पिउनुको एउटा मात्रै फाइदा भनेको शौचालय गइरहनु पर्दा खर्च हुने थप क्यालोरी हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button