कला/साहित्य

अभिनेता राजकुमार रावले कसे लगनगाँठो

Thrill Factory
Rungta Group

बलिउड अभिनेता राजकुमार राव र उनकी लामो समयदेखिकी प्रेमिका पत्रलेखा पाल वैवाहिक जीवनमा बाँधिएका छन् । राजकुमार र पत्रलेखाले चण्डीगढमा आफ्नो निकट साथीभाई र आफन्तको उपस्थितिमा सात फेरा लगाएका हुन् ।

राजकुमारले विवाहको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । तस्वीरमा राजकुमार र पत्रलेखा सुन्दर देखिएका छन् । ‘आखिरीमा ११ वर्षको प्रेम, रोमान्स, दोस्ती र रमाइलोपछि मैले उनीसँग विवाह गरें । जो मेरो सबै कुरा हुन् । मेरो सोलमेट, मेरी मिल्ने साथी, मेरो परिवार । आज मेरा लागि यो भन्दा ठूलो खुशी केही छैन,’ उनले लेखेका छन् ।

राजकुमार र पत्रलेखा विगत ११ वर्षदेखि एकअर्कासँग डेट गर्थे । विवाह अघि दुवैको इन्गेजमेन्टको एक भिडियो बाहिर आएको थियो । जसमा राजकुमार घुँडा टेकेर पत्रलेखालाई औठी लगाइदिएको देख्न सकिन्थ्यो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button