कला/साहित्य
भ्वाइस अफ नेपालको उपाधि किरण गजमेरलाई

काठमाडौं– गायन रियालिटी सो भ्वाइस अफ नेपाल तेस्रो संस्करणको उपाधि किरण गजमेरले जितेका छन्।



शनिबार राति सम्पन्न कार्यक्रमको अन्तिम प्रतिस्पर्धामा ३ प्रतिस्पर्धीलाई पछाडि पार्दै किरणले यो उपाधि उचालेका हुन्।



कार्यक्रमको फाइनलमा उनीसँगै तारा शिरिस मगर, ज्वाला राई र आर्यन तामाङ पुगेका थिए। उपाधिसँगै किरणले २५ लाख रुपैयाँसमेत जितेका छन्। उनी कोच प्रमोद खरेलको टिममा थिए।



एक सातासम्म दर्शकले गरेको भोटका आधारमा विजेता चयन गरिएको आयोजकले जनाएको छ। एसएमएस र अनलाइनमार्फत संसारभर रहेका नेपालीहरुले उनीहरुलाई भोट गरेका थिए।