१५ दिनमै छालाको कसिलोपन र चमक फिर्ता ल्याउने घरेलु विधि

आजभोलि धुलो, प्रदूषण, अस्वस्थ खानपान, र छालाको उचित हेरचाह नगर्नाले धेरै मानिसहरू कम उमेरमै बुढ्यौली देखिन थालेका छन्। अनुहारमा दाग-धब्बा, चाउरीपना, फाइन लाइन्स, र लचिलोपनको अभावले छाला लुलो देखिन सक्छ।
युवावस्थाको जस्तो छालाको चमक र कसिलोपन कायम राख्न धेरै प्रकारका छाला हेरचाह उत्पादनहरू प्रयोग गरिन्छ। विशेष गरी महिलाहरूका लागि बजारमा थुप्रै प्रकारका महँगा क्रिमहरू उपलब्ध छन्।
तर, महँगा उत्पादनहरूको तुलनामा घरेलु उपायले उत्कृष्ट नतिजा दिन सक्छन्, र प्रायः कुनै साइड इफेक्ट हुँदैन। यद्यपि, संवेदनशील छालाका लागि परीक्षण गर्नु महत्त्वपूर्ण हुन्छ, किनभने केहीलाई एलर्जी हुन सक्छ।
यदि छालामा चाउरीपना, फाइन लाइन्स, थिलथिलोपन, वा पिग्मेन्टेसन देखिन थालेको छ भने, तपाईँलाई १५ दिनमै छालाको कसिलोपन र चमक फिर्ता ल्याउन सक्ने एउटा सस्तो घरेलु उपाय प्रस्तुत गरिएको छ। यस उपायले छालाको सामान्य समस्या कम गर्न सहयोग पुर्याउँछ।
यो उपाय फिटकिरी, नरिवलको तेल, र चामलको पीठो प्रयोग गरेर बनाइन्छ। यसलाई “सिम्पल केयर” नामक फेसबुक पेजमा सेयर गरिएको छ। यो फेस प्याक बनाउने र प्रयोग गर्ने विधि यस्तो छः
सामाग्री:
-
- फिटकिरीको सानो टुक्रा
- दुई चम्चा नरिवलको तेल
- आधा चम्चा चामलको पीठो
- एक चौथाइ चम्चा ग्लिसरीन
- एक चम्चा बाक्लो र अमिलो दही
तयारी र प्रयोग:
- एउटा कचौरामा फिटकिरी राखी त्यसमा नरिवलको तेल हालेर ५ मिनेटसम्म छोड्नुहोस्।
- तेलमा घुलिसकेको फिटकिरी निकाल्नुहोस्।
- बाँकी रहेको तेलमा चामलको पीठो, ग्लिसरीन, र दही मिसाएर राम्रोसँग पेस्ट बनाउनुहोस्।
- यो पेस्ट अनुहारमा राम्ररी लगाउनुहोस् र १५ मिनेटसम्म छोड्नुहोस्।
- त्यसपछि पानीले अनुहार सफा गर्नुहोस्।
नियमितता र सावधानी
- यो उपाय हप्तामा तीन पटक प्रयोग गर्नुहोस्।
- संवेदनशील छालाका व्यक्तिहरूले पहिले छालाको सानो भागमा पेस्ट लगाएर परीक्षण गर्नुहोस्।
- चिलाउने, जलन, वा रातोपन भएमा यो उपाय प्रयोग नगर्नुहोस्।
यस फेस प्याकले छालालाई नरम, चम्किलो, र कसिलो बनाउँछ। दाग-धब्बा र ट्यानिङ हटाउनका साथै छालामा ताजगी ल्याउँछ।



