स्वास्थ्य/जिवनशैली
जाडोमा बालबालिकालाई विशेष स्याहार गर्न विज्ञहरूको सुझाव

जाडो मौसम सुरु भएसँगै काठमाडौंसहित देशभर चिसो बढिरहेको छ। यसले बालबालिका तथा ज्येष्ठ नागरिकलाई बढी असर गर्ने हुँदा विशेष सावधानी अपनाउन विज्ञहरूले आग्रह गरेका छन्।
जाडोमा बालबालिकामा श्वासप्रश्वाससम्बन्धी समस्या, रुघाखोकी, निमोनिया, र ‘कोल्ड डाइरिया’ (चिसोले हुने झाडापखाला) को समस्या बढ्न सक्ने विज्ञहरूले बताएका छन्।
बालबालिकालाई रोगबाट बचाउन पौष्टिक आहार, सरसफाइ, र नियमित खोप लगाउनुपर्नेमा जोड दिएका छन्। बालबालिकालाई सरसफाइमा ध्यान दिनु, जाडोमा न्यानो राख्नु र झोलिलो खाना खुवाउनु रोग प्रतिरोधी उपाय हुन्।



