खेल संसार

लाखौँ डलर घुस लिने फुटबल सङ्घका पूर्वप्रमुखलाई आजीवन जेल

चीनको फुटबल सङ्घ सीएफएका पूर्वप्रमुख चेन शुयुआनलाई घुस लिएको अभियोगमा आजीवन कारावासको सजाय सुनाइएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

उनले आठ करोड युआन (झन्डै डेढ अर्ब नेपाली रुपैयाँ) घुस लिएको गत ज्यानुअरीमा स्वीकार गरेका थिए।

चिनियाँ राष्ट्रपति सी जिन्पिङको भ्रष्टाचारविरुद्धको अभियानले खेलकुद, ब्याङ्किङ र सैन्य क्षेत्रमा भएका भ्रष्टाचारमा कारबाही अघि बढाएको छ।

फुटबल क्षेत्रमा मात्रै एक दर्जनजना भन्दा बढी प्रशिक्षक र खेलाडी अनुसन्धानको घेरामा परेका छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button