खेल संसार

टेस्ट राष्ट्र आयरल्यान्डको ‘ए’ टीममाथि नेपालको जित

टेस्ट राष्ट्र आयरल्यान्डको ुएु टोलीलाई नेपालको राष्ट्रिय क्रिकेट टोलीले छ विकेटले पराजित गरेको छ। सोमवार सम्पन्न अन्तर्राष्ट्रिय टी२० शृङ्खलामा नेपाल विजयी भएको हो।

तीव्र गतिका बलर र स्पिनरहरूले पालैपालो विकेट लिएपछि कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्न आएको आयरल्यान्ड ुएु लाई नेपालले २० ओभरमा १२१ रनमै रोक्यो।

जबाफमा नेपालले सत्रौँ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। पछिल्लो समय खेलाडीको रोजाइबारे लगातार प्रयोग गर्दै आएका प्रशिक्षक मोन्टी देसाईले सोमवार पहिलो रोजाइकै बलियो नेपाली टोलीलाई उतारेका थिए।

त्यसमा नेपाल ए मा रहेका सन्दीप जोरादेखि डेथ बल स्पेशलिस्ट अविनाश बोहोरा सामेल थिए भने अनिलकुमार साहलाई बेन्चमा नै राखिएको थियो। आयरल्यान्ड ए सँग दुई खेल खेलेपछि नेपाली टोली टी २० विश्वकपको तयारीका लागि भारत जाने छ।

त्यसैले नेपाली टोलीका सदस्यहरुले टीममा स्थान बनाउन यी दुई खेलमा उच्च प्रदर्शन गर्नुपर्ने देखिएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button