खेल संसार

म्यानचेस्टर सिटी सेमिफाइनलमा प्रवेश

Thrill Factory
Rungta Group

एफए कप फुटबलमा म्यानचेस्टर सिटी सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा न्युक्यासल युनाइटेडलाई २–० गोलले हराउँदै म्यानचेष्टर सेमिफाइनलमा प्रवेश गरेको हो ।

सिटीका लागि बर्नार्डो सिल्भाले दुई गोल गरेका थिए । खेलको १३औँ मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए । त्यसपछि सिल्भाले ३१औँ मिनेटमा गोल गर्दै सिटीको अग्रतालाई दोब्बर पारे ।

खेलमा न्युक्यासलले राम्रा अवसरहरु पाए पनि गोलमा परिणत गर्न नसक्दा हार बेहोर्नु पर्‍याे ।

अर्को क्वाटरफाइनलमा आज राति चेल्सी र लेस्टर सिटी तथा म्यानचेस्टर युनाइटेड र लिभरपुलबीच प्रतिस्पर्धा हुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button