अन्तराष्ट्रिय

कुर्दिस्तानमा टर्कीको आक्रमण, २ जनाको मृत्यु

Patanjali Nepal
Sweet Mart Food

इराकको अर्ध-स्वायत्त कुर्दिस्तान क्षेत्रको दुहोक प्रान्तमा शुक्रबार टर्किएले गरेको हवाइ आक्रमणमा २ जनाको मृत्यु भएको छ । साथै अर्का १ जना घाइते भएको कुर्दिश सुरक्षा स्रोतले जनाएको छ।

सो प्रान्तको शिलादजे क्षेत्रस्थित गाउँ नजिकैको पहाडमा जडिबुटी सङ्कलन गर्दा बिहानै टर्किएको विमानले उनीहरूमाथि बमबारी गरेको स्रोतले नाम न छाप्ने शर्तमा सिन्ह्वालाई बताएको छ।

टर्किए सेनाले प्रायः उत्तरी इराकमा कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) लडाकुहरू विरुद्धको कारबाहीलाई तीव्र पारेको छ । कारबाही विशेषगरी समूहको मुख्य आधार रहेको कन्डिल पर्वतमा केन्द्रित गरेको छ ।

टर्किए, संयुक्त राज्य अमेरिका र युरोपेली संघद्वारा आतङ्कवादी सङ्गठनको रूपमा सूचीबद्ध गरिएको पीकेकेले ३ दशकभन्दा बढी समयदेखि टर्किए सरकारविरुद्ध विद्रोह गर्दै आएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button