अन्तराष्ट्रिय

नेटो अभ्यासले तनाव निम्त्याउँछ : रुस

Patanjali Nepal
Sweet Mart Food

हाल जारी ‘नेटो स्ट्याडफास्ट डिफेन्डर सैन्य’ अभ्यासले तनाव बढाउँदै विश्वव्यापी स्थिरतालाई कमजोर बनाउने रुसी सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुसेभले टिप्पणी गरेका छन् । युरोपमा जारी सैन्य अभ्यास रूससँग सशस्त्र टकरावको परिदृश्यू जस्तो प्रतीत हुने पत्रुशेभले उल्लेख गरेका छन् ।

‘वर्तमान इतिहासमा संयुक्त राज्य अमेरिकाको विनाशकारी भूमिका स्पष्ट छ । कुनै पनि अन्य देशले यति धेरै युद्ध र सैन्य द्वन्द्वहरू निम्त्याएका छैनन् र यति धेरै आर्थिक सङ्कटका निम्ति उक्साएका पनि छैननन्,’ उनले टिप्पणी गरे ।

 

सुरक्षा सचिव पत्रुसेभका अनुसार नेटो गठबन्धनले रुसको पश्चिमी सिमानातर्फ गतिविधि विस्तार गरिरहँदा यसमा वाशिङ्गटनको प्रभाव देखिएजस्तो अनुभूति भएको बताएका छन् ।

नेटो ब्लकले एशिया(प्रशान्त र आर्कटिक क्षेत्रमा आफ्नो उपस्थिति बढाउने योजना बनाएको पनि उहाँको धारणा छ । पात्रुसेभले नेटोका सदस्य राष्ट्रहरूले सन् २०२४ मा रक्षा खर्च बढाइरहेका छन् जसले ती देशहरूको बढ्दो आक्रामक प्रकृति झल्काउँने बताएका छन् ।

 

‘स्टेडफास्ट डिफेन्डर २०२४ सैन्य अभ्यास’ जनवरीको अन्त्यमा शुरु भएको र मेसम्म चल्ने तालिका छ। करिब ९० हजार सेनाको सहभागितामा आयोजित यो सैन्य अभ्यास युरोपमा दशकौंपछुको ठूलो युद्ध खेल हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button