अन्तराष्ट्रिय

दक्षिण अफगानिस्तानका २४ स्थानमा हतियार भण्डार फेला

Patanjali Nepal
Sweet Mart Food

अफगानिस्तानको काउन्टर टेरोरिज्म प्रहरीले गत एक हप्तामा दक्षिणी प्रान्त हेलमान्डमा २४ स्थानमा हतियार भण्डार फेला पारेको प्रान्तीय प्रहरी कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

बरामद गरिएका हतियारहरूमा ७ थान एकेएम असल्ट राइफल, ६ थान युएस मेड एम १६ असल्ट राइफल, ९ थान पेस्तोल, केही मेसिनगन र ठूलो परिमाणमा गोलाबारुद रहेका छन् ।

विगत एक हप्तामा प्रान्तीय राजधानी लश्कर गाह र छिमेकी ग्रिष्क र नाद अली जिल्लाहरूमा गरिएको शृङ्खलाबद्ध कारबाहीका क्रममा हतियार र गोलाबारुद फेला पारिको विज्ञप्तिमा उल्लेख गरिएको छ।

अमेरिकी नेतृत्वको सेना फिर्ता लिएपछि सन् २०२१ को अगस्टमा कब्जा गरेको अफगानिस्तानको विद्रोहीले देशभर ठूलो मात्रामा हतियार बरामद गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button