खेल संसार

फाइनलमा पुग्ने नेपालको आशा कायमै

त्रिदेशीय टीटेन्टी क्रिकेट शृङ्खलामा लगातार बेहोरिरहेको हार पन्छाउँदै नेपालले शुक्रवार कीर्तिपुरमा भएको खेलमा नामिबियालाई ती रनले पराजित गरेको छ।

यो जितसँगै नेपालको फाइनलमा पुग्ने आशा कायमै रहेको छ। अन्तिम ओभरमा करण केसीले उत्कृष्ट बलिङ गरेपछि नेपालको जित सम्भव भएको थियो।

नेपालले आठ विकेट गुमाएर नामिबियालाई १८१ रनको लक्ष्य दिएको थियो। दोस्रो इनिङ्समा सात विकेट लिँदै नेपालले नामिबिया १७७ रनमा सीमित पारिदिएर खेल आफ्नो पक्षमा पार्‍यो।

नेपालले टोलीमा तीन खेलाडी परिवर्तन गरेको थियो। ओपनर कुशल भुर्तेल, स्पिनर ललित नारायण राजवंशी र सन्दीप जोरालाई बेन्चमा राख्दै अनिल शाह, अविनाश बोहोरा र प्रतिश जिसीलाई खेल्न पठाइएको थियो।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button