कला/साहित्य

सदावहार यी हिन्दी सुगम गीत, जो अहिले पनि उत्तिकै कर्णप्रिय छन्

Patanjali Nepal
Sweet Mart Food

सदाबहार गीतको मतलब यही हो कि जुन गीत पुस्तौ पुस्तासम्म उत्तिकै कर्णप्रिय हुन्छ । सबैलाई उस्तै सुमधुर लाग्छ । भारतीय सिने बजारको प्रभाव नेपालमा केही पुस्ता अघिदेखि नै परेको छ । यस कारण भारतका गीत पनि नेपालमा धेरै सुनिए । अझै सुनिन्छ ।

भारतीय गीत कुन सबै भन्दा उत्कृष्ट भन्ने बहस साँच्चै कठिन हो । विभिन्न सञ्चार माध्यम मात्र होइन, सङ्गीत विज्ञले पनि फरक धारणा राख्ने गरेका छन् । सन् १९७६ मा रिलिज भएको चलचित्र कभी कभीको टाइटल गीत ‘कभी कभी मेरे दिलमे ख्याल आता हे’ अहिलेसम्म पनि उत्तिकै मन पराइन्छ ।

भारतका सुप्रसिद्ध प्ले ब्याक गायक मुकेशले सो गीत गाएका हुन्। सो गीतमा अमिताभ बच्चन र रेखाको अभिनय थियो । यसले संसारमा रहेका धेरैको मन जित्न सफल भएको हो ।

सन् १९६४ मा रिलिज भएको ‘ओ कौन थी’का लागि राजा मेहदी अलि खानले लेखेको ‘लग जा गले’ ले सो समयमा तहल्का नै पिटेको थियो । गीत लता मंगेसकरले गाएकी हुन् । ७० वर्ष भारतीय साङ्गीतिक क्षेत्रमा प्रभाव जमाएकी लताको हरेक गीत मन छुने खालका हुन्छन् । सो गीतमा साधनाको अभिनयले धेरैको मन जितेको हो ।

सन् १९७३ मा रिलिज भएको ‘ब्ल्याक मेल’को गीत ‘पल पल दिल के पास’ सुपर हिट गीत हो । सो गीत किशोर कुमारले गाएका थिए । प्रेम गर्ने टाढिए पनि उनीहरूले एक अर्कालाई कहिल्यै बिर्सन सक्दैनन् भन्ने मान्यता सो गीतको हो । गीतमा राखी र धर्मेन्द्रको अभिनय छ ।

सन् १९७५ मा रिलिज भएको सोले भारतीय उद्योगमा सफल फिल्म मध्ये एक हो । सो फिल्ममा अमिताभ बच्चन र धर्मेन्द्रले मित्रताको अनुपम उदाहरण पेस गरेका छन् । किशोर कुमार र मन्ना डेले गाएको ‘ए दोस्ती’ अत्यन्त लोकप्रिय गीत हो । सो गीत मित्रतामा अडिग धेरै जनाका लागि अहिले पनि आदर्श गीत हो ।

सन् १९८१ मा प्रदर्शन भएको ‘उमराहो जान’ एकदमै लोकप्रिय फिल्म हो । रेखाको अभिनय रहेको सो फिल्ममा रहेको ‘यीन आँखो के मस्ती’ गीत आशा भोसलेले गाएकी हुन् । आशाले यस गीतका लागि फिल्म फेयर अवार्ड पनि पाएकी थिइन् । साहरुख खानको पनि यसमा अभिनय छ ।

सन् १९८८ मा रिलिज भएको चलचित्र ‘तेजाब’ फिल्मको गीत ‘एक दुई तिन चार’ धेरैले मन पराएका थिए । सो गीत अमित कुमार र अल्का याग्नीकले गाएका हुन् । अभिनेत्री माधुरी दीक्षितको नृत्यका कारण सो गीत त्यस समयमा अत्यन्त चर्चामा थियो । बागी २ पनि यस गीतलाई नयाँ स्वरूपमा राखिएको छ।

दुई छिमेकीको प्रेम कहानीमा तयार गरिएको यो फिल्म साइरा बानु र सुनिल दत्तको अभिनय थियो । त्यसै फिल्मको ‘मेरे सामने वाला खिड्की मे’ बोलको गीत किशोर कुमारले गाएका थिए । सो गीत पनि त्यत्तिकै सफल भएको थियो ।

थ्रिलर फिल्म ‘ट्रेन’ को गुलाबी आँखे अलि फरक खालको गीत थियो । गीतले पनि फिल्ममा रहस्यात्मक मोडमा प्रस्तुत गरिएको छ। सन् १९७० मा रिलिज सो लोकप्रिय फिल्मको यस गीत मोहम्मद रफीले गाएका हुन् भने राजेश खन्ना र नन्दाको अभिनय छ ।

बैजन्ती माला र सन्नी कपुर अभिनीत ‘प्रिन्स’को गीत‘ ‘बदन से सितारे लपेटे हुवे’ अहिले पनि कर्णप्रिय मानिन्छ । सो गीत मोहम्मद रफीले गाएका हुन् । फिल्म सन् १९६९ मा रिलिज भएको हो ।

सन् १९८४ को फिल्म सराबी एकदमै लोकप्रिय फिल्म हो । अमिताभ बच्चन र जय प्रदाको अभिनय रहेको सो फिल्मको ‘इन्तेहा हो जाए इन्तजार की’ बोलको गीत पनि धेरैले मन पराएको गीत हो । गीत किशोर कुमार र आशा भोषलेले गाएका हुन् । यो गीत पनि फिल्म फेयर अवार्ड पाउन सफल भयो ।

सन् १९७८ मा रिलिज भएको फिल्म ‘डन’मा अमिताभ बच्चनको नै मुख्य भूमिका छ। सो फिल्ममा रहेको किशोर कुमारबाट गाइएको ‘खै के पान बनारसवाला’ त्यत्तिकै लोकप्रिय गीत हो । अन्जानले लेखेको यो गीत पनि फिल्म फेयर अवार्ड पाउन सफल भएको थियो ।

सन् १९६९ मा राजेश खन्ना र शर्मिला टैगोरको अन्जना ब्लकब्लस्टर फिल्मको रूपमा स्थापित भएको थियो। सोही फिल्ममा ‘मेरे सपनाको रानी कब आएकी तु’ पनि त्यत्तिकै चर्चामा रहेको गीत थियो ।

सन् १९५१ मा प्यासाको ‘सर जो तेरा चक्रे’ एकदमै चर्चामा थियो । सो साङ्गीतिक चलचित्रमा मोहम्मद रफीले स्वर दिएका थिए। सन् १९८९ मा चाँदनी एकदमै लोकप्रिय थियो । आनन्द बक्सीले लेखेको तथा लता मंगेशकरको स्वर रहेको ‘मेरे ओठो मे’ पनि लोकप्रिय भएको थियो । यसले नायिका श्रीदेवीलाई नयाँ उचाइ दिएको थियो ।

सन् १९६० को श्याम श्वेत चलचित्र मुगल ए आजमको ‘प्यार किया तो डरना क्या’ लोकप्रिय थियो । लता मंगेशकरको आवाजले गीतलाई अझ माथिल्लो उचाई दिएको थियो ।

सन् १९८१ मा अमिताभ बच्चन अभिनीत सिलसिला पनि सफल भएको थियो । त्यसमा रहेको लोकगीत ‘रङ्ग वर्षे’ पनि लोकप्रिय थियो । अमिताभ बच्चनको अभिनय रहेको सो गीत उनकै बुवा हरिवंश राय बच्चनले लेखेका हुन् ।

चलचित्र हमको कविता कृष्णमुती र सुदेश भोसलेले गीत गाएका थिए । त्यसै फिल्मको ‘चुम्मा चुम्मा दे दे चुम्मा’ त्यस समयमा अत्यन्त चर्चामा थियो । गीतमा अमिताभ बच्चनको अभिनय थियो ।

फिल्म ‘श्री ४२०’ मा रहेको ‘मेरा जुडा हे जलपानी’ सो समयमा अत्यन्त चर्चामा थियो । फिल्म सन् १९५५ मा रिलिज भएको हो । मुकेशले गीत गाएका थिए भने राजकपुरको अभिनय थियो । राष्ट्रवादी भावले सो गीतलाई विशेष बनाएको थियो ।

त्यसै फिल्मको ‘प्यार हुवा इकरार हुवा’ पनि त्यत्तिकै चर्चामा थियो । नर्गीसको समेत अभिनय रहेको सो गीतमा लता मंगेशकर र मन्ना डेले स्वर दिएका थिए । मोहम्मद रफिकले गाएको फिल्म दो रास्तेको ए रेसमी जुल्फे’ पनि त्यत्तिकै मन पराइएको थियो । फिल्ममा राजेश खन्ना र मुमताजको अभिनय थियो । फिल्म सन् १९६१ मा रिलिज भएको हो ।

सन् १९५० देखि १९९० को बिचको समय भारतीय फिल्म र गीति क्षेत्रमा स्वर्ण युग मान्नेको कमी छैन । परन्तु, अन्य धरैको फरक मत पनि हुनसक्छ । स्रोतः जस्ट बी वीटी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button