कला/साहित्य

‘भुल भुलैया ३’ मा पलक तिवारी

Patanjali Nepal
Sweet Mart Food

कार्तिक आर्यन अभिनीत फिल्म ‘भुल भुलैया २’ गतवर्ष रिलिज भएको थियो । फिल्मले राम्रो व्यवसाय गरेको थियो । त्यसैले पनि यसका निर्देशक अनिस बज्मी र निर्माता भुषण कुमार अर्को सिक्वेल अर्थात ‘भुल भुलैया ३’को तयारी गरिरहेका छन् ।

यस्तैमा फिल्ममा अभिनेत्री पलक तिवारी भित्रिन लागेको खबर बाहिर आएको छ । फिल्मसँग नजिक सूत्रका अनुसार निर्माण युनिट पलकलाई फिल्ममा भित्र्याउने पहलमा छन् । फाइनल भएपछि अफिसियल्ली सार्वजनिक हुनेछ ।

पलकले सलमान खान अभिनीत फिल्म ‘किसीकी भाई किसिकी जान’बाट अभिनयमा डेब्यु गरेकी थिइन् । केही दिन अगाडि फिल्ममा आर्यनको अपोजित भूमिकामा सारा अलि खान हुने सार्वजनिक गरिएको थियो ।

कार्तिक र साराले यस अगाडि २०२० मा रिलिज भएको फिल्म ‘लव आज कल’मा काम गरेका थिए । फिल्मको दौरानमा दुबैबिच प्रेम पनि थियो । अहिले ब्रेकअफ भैसकेको छ ।

फिल्ममा अभिनेत्री तब्बु पनि देखिनेछिन् । तब्बुले ‘भुल भुलैया २’मा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । मिडिया रिपोटका अनुसार हरर कमेडी ‘भुल भुलैया ३’ फेब्रुअरी २०२४ मा फ्लोरमा जानेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button